हरेक खेलाडीको एउटै इच्छा हुन्छ राष्ट्रिय टोलीबाट खेल्ने । उनीहरुको पहिलो लक्ष्य भनेकै राष्ट्रिय स्तरको खेल खेल्ने हुन्छ । राष्ट्रिय स्तरको खेल खेलेपश्चात मात्रै सबैको आँखामा पर्ने गरिन्छ । विश्वमा हरेक राष्ट्रले विभिन्न प्रतियोगिता गर्ने गर्दछन् । खेलाडी उत्पादन तथा उत्कृष्ट खेलाडी निकाल्नका लागि राज्यले नै राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्दै आउँछन् ।
नेपालमा पनि राष्ट्रिय खेलकुद हुँदै आएको छ । प्रत्येक २/२ वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै आइरहेको छ । खेलाडीले २ वर्षसम्म निरन्तर राष्ट्रिय खेलकुद खेल्नकै लागि मिहेनत गरिहेको हुन्छ । राष्ट्रिय खेलकुद गर्नपाउनु नै ठुलो कुरा हो । देश संघीयतामा गइसकेपछि पहिलो पटक गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने सौभाग्य प्राप्त गरेको छ । गण्डकी प्रदेशको इतिहासमा यो आयोजना गर्न लागेको दोस्रो पटक हो । यस अघि दोस्रो संस्करणको वि.सं.२०४० सालमा पोखरामा आयोजना गरिएको थियो ।
नवौ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता अघिल्लो वर्ष गर्ने तय भएपनि कोरोना महामारीका कारण स्थगित गरिएको हो ।
नवौ गण्डकी प्रदेशमा हुने भएपछि स्थानीय प्रदेशका खेलाडी, पदाधीकारी, खेलसंघ देखि मुख्य मन्त्री तथा मन्त्रीहरुले गौरवको कुरा भनिरहँदा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले भने नवौ राष्ट्रिय खेलकुद काम नलाग्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले एकातिर खेलाडीलाई सम्मान गर्नुभयो भने अर्कातिर खेलाडीलाई निराशा पार्ने अभिव्यक्ति दिनुभयो । बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रलजोन भलिबल च्याम्पियनसिपमा स्वर्ण विजेता नेपाली टोलीमा आबद्ध गण्डकी प्रदेशका ४ खेलाडीलाई प्रदेश खेलकुद मन्त्रालयले सम्मान गरेको छ । सोहि कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा गर्नुभएको हो । मन्त्री गुरुङले यस अघिपनि पटक पटक उक्त प्रतिक्रिया राख्दै आउनुभएको थियो । ‘यो नवौँ नवौ भनिरहेको छ के छ यो नवौ मा ? हामीलाई केहि मतलबै छैन । खासमा यो नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता कामै छैन’ उहाँले भन्नुभयो,‘के खेलाडीलाई आलु खुवाएर खेलाउने हो र ? बजेट हुन परेन’
नवौका लागि केन्द्र सरकारले नै बजेटको व्यवस्था गर्छ । प्रदेश सरकारले त्यसमा हातेमाले गर्नेमात्रै हो । मन्त्री गुरुङले समग्र खेलकुदमाथि नै लात हान्ने काम गर्नखोजेको स्पष्ट देखिएको छ । हरेक प्रशिक्षक र खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कयौ खुडकिलाहरु पार गर्दै आइरहेको हुन्छन् । त्यसका लागि आफ्नै कथा आफ्नै व्यथा हुन्छन् ।
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भने मन्त्रीको कुराले निकै निराशा बनाएको सुनाउनुभयो । उहाँले हरेक खेलाडीको सपना नै टुट्ने जवाफ पाउँदा निराशा भएको सुनाउनुभयो । ‘कुनै पनि खेलाडीको स्तर वृद्धि गर्न प्रतियोगिताहरुको आयोजना हुनै पर्दछ । राष्ट्रिय भनेको राष्ट्रिय नै हुन्छ’ उहाँले भन्नुभयो ‘मन्त्रीज्यूको बोलिले त हामीलाई निराशा बनायो ।’उता गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले पनि नवौ राष्ट्रिय खेलकुद आफैमा गौरवको विषय भएको बताउनुभयो ।
५० हजार सहित चार खेलाडी सम्मानीत
हालैमा बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रलजोन भलिबल प्रतियोगिता अन्तरगत महिला तर्फ नेपाल च्याम्पियन बन्न सफल भएको छ । नेपालले दोस्रो पटक उपाधी रक्षा गरेको हो । सोही टोलीमा रहनुभएका गण्डकी प्रदेशका ४ खेलाडीलाई प्रदेश खेलकुद मन्त्रालय गण्डकीले नगद सहित सम्मान गरेको छ ।
प्रदेश खेलकुद मन्त्रालयले टोलीकी कप्तान म्याग्दीकी अरुणा शाही, तनँहुकी उष भण्डारी, बागलुङकी सफिया पुन र नवलपुरकी शान्ती कुमारी थारुलाई नगद ५०/५० हजार रुपैँया र सम्मान पत्रले सम्मान गरेको हो ।




























प्रतिक्रिया लेख्नुहोस्:-