पौष । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले देश विकासमा हेभीइक्युमेन्ट अपरेटरहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन । हेभीइक्युमेन्ट अपरेटर संघ पोखराको पाँचौं साधारण सभा तथा अधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
विकास निर्माणमा अपरेटरहरुको भूमिका उल्लेखनिय रहेको बताउँदै उनले अपरेटरहरु अब जागिरमा मात्र सिमित नरही स्वरोजगारमा समेत केन्द्रीत हुनुपर्ने धारणा राखे ।
‘राष्ट्र निर्माणमा अपरेटरहरुको भूमिका महत्वपूर्ण छ । अपरेटरहरु विना भौतिक विकास सम्भव छैन । तपाईलाई परेका समस्यालाई सम्बोधन गर्ने नीति बनाउनेछौं । अबतपाईहरु जागिरे मात्रै नभई स्वरोजगार तर्फ पनि केन्द्रीत हुनुपर्छ ।’, उनले भने ।
मन्त्री थापाले निर्माण व्यवसायी र अपरेटरहरु बीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताए । निर्माण व्यवसायीको लगानी सुरक्षीत राख्ने जिम्मेबारी अपरेटहरुको काँधमा भएकाले अपरेटले पनि लगानीकर्ताको मनोभावनालाई बुझ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।
छोटो समयमा हेभीइक्युपमेन्ट अपरेटर संघ पोखराले प्रशंसनिय काम गरेको उल्लेख गर्दै मन्त्री थापाले अपरेटहरुको समस्यामा प्रदेश सरकार साथमा रहेको बताए ।
गण्डकी प्रदेश सरकारले पनि विकास निर्माणका कार्यमा तिव्रता दिँदै गएको र त्यसलाई सफलपार्ने जिम्मेबारी हेभीइक्युमेन्ट अपरेटरहरुको भएको भनाई उनको । ‘पहिलो चौमासिक पश्चात प्रदेश सरकार विकासका गतिविधिमा अगाडि बढेको छ । समयमै सम्पन्न गर्न मेसिन र अपरेटहरुको खाँचो उत्तिकै बढ्छ । देशलाई समृद्धि बनाउने जिम्मेबारीमा अपरेटहरु पनि हुनुहुन्छ । त्यसैले सबै मिलेर काम गरौं ।’, उनले भने ।
हेभीइक्युमेन्ट अपरेटरहरुलाई लाइसेन्स सहजै उपलब्ध गराउने प्रक्रियामा गण्डकी सरकार सकरात्मक रहेको उनले बताए । ट्रायलमा देखिएका समस्यालाई समाधान गर्दै व्यवस्थित गरिने भनाई उनको छ । हेभीइक्युमेन्ट अपरेटर मैत्री नीति निर्माणमा समेत प्रदेश सरकारले ध्यान पुर्याउने मन्त्रीथापाले बताए ।




























प्रतिक्रिया लेख्नुहोस्:-