तनहुँ । ब्यास नगरपालिका ११ मझाङदी बस्ने ४५ वर्षीय नारायण भन्ने खगेन्द्र गुरुङले संचालन गरेको सोही ठाउँस्थित मझाङदी कटेजमा कौडा खेलिरहेको अवस्थामा गुरुङ समेत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७५ हजार ४० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-