अन्तराष्ट्रिय बालदिवसको अवसरमा भएको सडक दौड प्रतियोगिताको पुरुष तर्फ बसन्त विक र महिला तर्फ विनु विक (रसाइली) प्रथम भएका छन् ।
कास्की जिल्ला खेलकुद संघको आयोजनामा भएको खुल्ला विद्यालय स्तरीय छात्र÷छात्रा ३ किलोमिटर दौड प्रतियोगितामा भद्रकाली मा.वि.का बसन्तले १३ मिनेट ११ सेकेन्डमा दुरी पुरा गरे ।
पुरुष तर्फ कालिका मा.वि.का पवन क्षेत्री २ सेकेन्डले पछि पर्दा दोस्रो हुन पुगे । उनले १३ मिनेट १३ सेकेन्डमा दुरी पार गरे । १३ मिनेट १७ सेकेन्डमा दुरी पुरा गर्दै कालिकाका निशान पुन तेस्रो हुन पुगे ।
टप्स बोर्डिङका आषिस राना सान्त्वना भए । उनले १३ मिनेट २९ सेकेन्डमा दौड पुरा गरे । उता महिला तर्फ भने धम्पुसको उदय मा.वि.को वर्चस्व रह्यो ।
उदय मा.वि.की छात्राद्धय विनु वि.क र रितु भण्डारी क्रमश पहिलो र दोस्रो स्थानमा रहन सफल रहिन् । कक्षा १० मा अध्ययनरत विनुले १८ मिनेट ९ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम हुन पुगिन् ।
रितुले १८ मिनेट २३ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गरिन् । भद्रकालिकी बालकुमारी वि.क.ले १९ मिनेट १४ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरिन् ।
श्री सिद्ध मा.वि.की सोनिका परियार सान्त्वना हुन पुगिन् । उनले २० मिनेट २६ सेकेन्डमा दुरी पुरा गरिन् । प्रतियोगिताको छात्र÷छात्रा दुवै तर्फका प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुनेले क्रमशः १० हजार,७ हजार, ५ हजार र २ हजार रुपैँयाको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।





























प्रतिक्रिया लेख्नुहोस्:-