पोखरा, २५ काकि– पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि पोखरामा प्रधानमन्त्री शेरवहादु देउवाको पुत्ला जलाइएको छ ।
बिहीबारदेखि लागु हुनेगरी खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थमा वृद्धि भएपछि अनेरास्ववीयूले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
यस्तै अखिल क्रान्तिकारीले समेत मुल्य वृद्धिको विरोध गरेका छन् । उनीहरुले फरक फरक समयमा पृथ्वीनारायण क्याम्पस अघि विरोध गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी विपलवले समेत मुल्य वृद्धिको विरोध गर्दै चरणबद्ध आन्दोलनको घोषणा गर्दै पृथ्वीचोकमा विरोध गरेका छन् ।
जनताको दैनिक जीवनसंग जोडिएका पेट्रोलियम पदार्थ तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मुल्यवृद्धि गर्दै आएको भन्दै उनीहरुले नारावाजी समेत गरेका छन् ।
विहिवार खाना पकाउने ग्यासँ प्रति सिलिन्डर १५७५ रुपैँया पुगेको थियो । बुधबारसम्म १५ सय रहेको ग्यासमा ७५ रुपैँया वृद्धि गरिएको हो । यस्तै १३३ रहेको पेट्रोल १३६ रुपैँया प्रतिलिटर हुन पुगेको छ ।
डिजेल मट्टितेलमा भने ३ रुपैँयाका दरले बढेर ११९ रुपैँया पुगेको छ । पछिल्ला ७ महिनामा पेट्रोलियम पदार्थको मुल्य पटक पटक बढिरहेको छ भने खाना पकाउने ग्यासँ भने ५ महिनामा पटकपटक बढ्दै १४ सय रुपैँयाबाट १५७५ रुपैँया पुगेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-