पोखरामा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक अनावरण गरिएको छ । नेपाल सम्वत् ११४२ को अवसरमा शालिक अनावरण गरिएको हो ।
विशेष गरी नेवारी समूदायले नयाँ वर्षको नेपाल सम्वत्लाई मनाउँदै आइरहेका छन् । नेपाली कांग्रेसका पूर्व उपप्रधानमन्त्री एवम् संगठन प्रमुख गोपालमान श्रेष्ठले एक कार्यक्रमका बिच शालिकको उद्घाटन गरेका हुन् ।
पोखरा महानगरपालिका ३ नदीपुर स्थित विरेन्द्र स्मृती पार्क नारायणस्थान क्षेत्र परिसरमा शालिकको स्थापना गरिएको हो ।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७(इ.सं.८८०) मा काठमाडौँका गरीब जनताको ऋण मोचन गरी नेपाल सम्वत्को शुरुवात गरेका थिए । सोहि दिन देखि नै यस्लाई नेपाल सम्वत्को रुपमा मनाउँदै आइरहेको पाइन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-