काठमाण्डौं, ३ कार्तिक– राष्ट्रिय अनुसन्धान आयोगका अनुसन्धान अधिकृतको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ परेका छन् ।
झापा सुरुङ्गा कनकाई ३ घर भई काठमाण्डौं ७ चावहिल बस्ने निलम भट्टराईले अनुसन्धान अधिकृतको जागिर लगाइदिने बाहानामा १४ लाख ५० हजार रुपैँया ठगि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
तनहुँ शुक्लागण्डकी ३ की दुर्गा पौडेल न्यौपानेलाई अनुसन्धान अधिकृतको जागिर लगाइदिने भन्दै पटक पटक गरी १४ लाख ५० हजार रुपैँया लिएका थिए ।
निलमले आफू नेपाल टेलिभिजनको पत्रकार भएको र चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारीसंग राम्रो रहेको बताउँदै ठगि गरेको खुल्न आएको छ ।
उनले आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु भन्दै रकम लिएका थिए ।
उक्त पदमा जागिर खानका लागि मन्त्रालयका विभिन्न अधिकारीहरूलाई रकम बुझाउनुपर्ने भन्दै १५ लाख रुपैँया लाग्ने बताएका थिए ।
रकम पाएपछि निलमले जागिर पक्का भएको र ४५ दिने तालिमका लागि सिन्धुली जानुपर्ने भन्दै काठमाण्डौं समेत बोलाएर सम्पर्कविहिन भएका थिए ।
दुर्गापनि तालिमका लागि सिन्धुली जानेभन्दै काठमाडौँ आएर सम्पर्क गर्न खोज्दा निलम सम्पर्कविहिन हुनपुगेपछि ठगिएको थाहा पाएकी हुन् ।
उनी महानगरीय अपराध महाशाखा पुगेकी थिइन् । उनले दिएको जाहेरीको आधारमा प्रहरीले निलमलाई सुर्खेत विरेन्द्रनगर ६ सुर्खेत बसपार्कबाट पक्राउ गरेको हो ।
अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइराखेको प्रहरीले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-