लोकेन्द्र मानान्धर
हिन्दुहरुको धार्मिक स्थल विन्ध्यवासिनीमा फुलपाति भित्र्याइएको छ । नेपाली सेना भगवती दल गणका गणपति सेनानी दिवाकर कार्की, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, शसस्त्र प्रहरीबलका डिएसपी सूर्य तिमिल्सिना लगायतले संयुक्त रुपमा पुजा आजा गरी विन्ध्यवासिनीमा फुलपाति भित्र्याएका हुन् ।
आज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइने गरिन्छ । घटस्थापनाका दिनदेखि वौद्धिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । नौ प्रकारका पल्लवहरू दशैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ ।
(तस्विर ः लोकेन्द्र मानान्धर)




































प्रतिक्रिया लेख्नुहोस्:-