२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिहान सबेरै उठ्नु निकै फाइदा, स्वस्थ, धनी र बुद्धिमान बनाउँछ

गण्डकी प्रेस
साउन २६, २०७८ ०६:४९ मा प्रकाशित
सामाजिक सञ्जाल बाट
बिहान उठ्ने बित्तिकै गर्नु नहुने काम के हो ? थाहा पाउनुहोस
46
SHARES
Share on FacebookShare on Twitter


‘अर्ली टु बेड अर्ली टु राइज मेक्स अ पर्सन हेल्दी, वेल्दी एण्ड वाइज’ । अंग्रेजी भाषाको यो भनाई निकै पुरानो हो । जसको अर्थ यो हो कि बिहान सबेरै उठ्नु निकै फाइदाजनक छ । यो बानीले मानिहरुलाई स्वस्थ, धनी र बुद्धिमान बनाउँछ ।

एप्पल कम्पनीका सिइओ टिम कुक बिहान पौने चार बजे उठ्छन् । फिएट कम्पनीका सिइओ सर्जियो मार्शियान बिहान साढे तीन बजे र चर्चित बेलायती व्यापारी रिचर्ड ब्रेनसन बिहान पौने ६ बजे उठ्छन् ।

सबैलाई थाहा छ, यी व्यक्ति निकै सफल छन् तर के उनीरुको सफलताको राज बिहान चाँडै उठ्नुमा लुकेको छ ?

बिहान सबेरै उठ्ने सबै मानिसहरु जीवनमा अत्यधिक सफल हुन्छन् त ?

बिहान चाँडै उठ्नुका विभिन्न फाइदा छन्, यसमा दुई मत छैन । सबेरै उठेर व्यायाम गरेर, नाश्ता गरेर, अफिसका लागि तयार भएर आफ्ना केही कामसमेत गर्न भ्याइन्छ ।

त्यसो भए जो मानिस अबेरसम्म सुत्छन्, उनीहरु सफल हुँदैनन् त रु जो ढिला उठ्छन् उनीहरुको काम अधुरा हुन्छन् रु के साँच्चै नै ढिला गरी उठ्ने मानिसहरु न त सफल हुन सक्छन्, न स्वस्थ नै ?

यदि तपाईंले पनि यस्तै साच्नुहुन्छ भने यसलाई आफ्नो मन मस्तिष्कबाट निकालिदिनुहोस् । किनभने एक अनुसन्धानबाट पत्ता लागेको छ कि संसार दुई हिस्सामा बाँडिएको छ । आधा जनसंख्या यस्ता छन् जसलाई बिहान चाँडै उठ्न मनपर्छ । अन्य मानिस भने ढिलासम्म सुत्न र राती अबेरसम्म जागा बस्न रुचाउँछन् । अब यस्तो त होइन कि अबेरसम्म सुत्ने संसारको आधा जनसंख्या असफल छन् ।

संसारभरीको जनसंख्यामध्ये एक चौथाई मानिस यस्ता छन् जसलाई बिहान चाँडै उठ्न मनपर्छ । यस्तै लगभग यति नै मानिसहरु राती अबेरसम्म जागा बस्न रुचाउँछन् । अनुसन्धानबाट पत्ता लागेअनुसार बिहान चाँडै उठ्ने मानिसहरुको सहयोगी भावना अलि बढी हुन्छ । उनीहरु कुनै पनि घटनाको सही विश्लेषण गर्न सक्छन् । उनीहरुको तुलनामा राती अबेरसम्म जागा बस्नेहरु कल्पनाशीलताको मामलामा बाजी मार्ने गर्छन् । उनीहरु धेरैजसो एक्लै बस्न रुचाउँछन् ।

बिहान चाँडै उठ्नुका फाइदा:

थुप्रै पटक भएको अनुसन्धानले यो प्रमाणित गरिसकेको छ कि बिहान चाँडै उठ्ने मानिसहरु आत्मप्रेरित हुन्छन् । उनीहरु लगातार काम गरिरहन्छन् । अरुले भनेको कुराहरु पनि उनीहरु धेरै मान्छन् । उनीहरुले धेरै नै लक्ष्य राख्छन् । भविष्यको योजना उत्कृष्ट तरिकाले बनाउन सक्छन् ।

बिहानै उठ्ने मानिसहरु आफ्नो स्वास्थ्यको पनि निकै ख्याल राख्छन् । राती अबेरसम्म जागा रहनेको तुलनामा सखारै उठ्ने मानिस कम रक्सी पिउँछन् । डिप्रेशनको पनि कमै शिकार हुन्छन् ।

यस्तै, राती अबेरसम्म जागा बस्नेहरुको तीक्ष्ण स्मरणशक्ति हुन्छ । उनीहरु बिहान चाँडै उठ्नेहरुभन्दा अत्यधिक बौद्धिक हुन्छन् । उनीहरुको काम गर्ने गती पनि निकै छिटो हुन्छ । राती अबेरसम्म जागा बस्नेहरु नयाँ प्रयोग गर्न पनि खुल्ला दिमागले काम गर्छन् । राती अबेरसम्म जागा रहनेहरु बिहान चाँडै उठ्नेहरु झैं स्वस्थ, बुद्धिमान र धनी पनि हुन्छन् ।

बिहान चाँडै उठ्ने टारगेट सेट गर्नु कुनै फाइदाको काम होइन भनेर स्पष्ट हुनुहोस् । तपाईंलाई अलि बेर सुत्न मन लागेको छ भने सुत्नुहोस् ।

अक्सफोर्ड युनिभर्सिटीकी वैज्ञानिक क्याथरिन वुल्फका अनुसार हरेक व्यक्तिको शरीरभित्र प्राकृतिक घडी हुन्छ । उनीहरु सुत्ने उठ्ने तालिका त्यही हिसाबले चल्छ । यसलाई सिर्काडियन क्लक भनिन्छ । यसै घडीको हिसाबले हाम्रो शरीरलाई सुत्ने–उठ्ने मन हुन्छ ।


जबर्जस्ती बिहान उठ्नुका हानी:

यदि कसैलाई जबर्जस्ती उसको बडी क्लकविरुद्ध सबेरै उठ्न र अबेर रातीसम्म जागा हुन भनिएको खण्डमा यसको असर नकारात्मक नै हुन्छ । शरीरसँग जबर्जस्ती गर्नु कुनै पनि हालतमा फाइदाजनक हुँदैन । क्याथरिन मानिसहरुलाई आफ्नो सिर्काडिय क्लक अर्थात् शरीरको जैविक घडीको हिसाबले चल्न दिँदा उनीहरुको क्षमतामा वृद्धि हुने बताउँछिन् ।

अबेर रातीसम्म जागा हुने व्यक्तिलाई बिहान चाँडै उठ्न बाध्य बनाउनुहुन्छ भने ऊ पक्कै पनि अल्छी नै हुनेछ । काममा उसको कमै मन लाग्नेछ । उसले दिमागको पनि राम्रोसँग उपयोग गर्न सक्दैन । उसको तौल बढ्नसक्छ । स्वास्थ्य खराब हुनसक्छ ।

क्याथरिन वुल्फका अनुसार बिहान चाँडै उठ्ने र अबेर रातीसम्म जागा बस्ने बानी मानिसहरुले आफ्नो आमा–बुवाबाट अनुसरण गर्छन् । यो हाम्रो डिएनएमा नै हुन्छ ।

तर उमेरसँगै हाम्रो यो बानीमा परिवर्तन पनि आउन सक्छ । बच्चाहरु धेरैजसो बिहानै उठ्छन् । २० वर्षपछि अबेरसम्म जागा हुने बानी लाग्न सक्छ । पचास वर्ष पुग्दासम्म यो बानी पुन: बिहान चाँडै उठनेमा परिवर्तन हुनथाल्छ ।

रातभरी जागा बस्ने पनि हुन्छन् सफल:

हरेक सफल व्यक्ति बिहानै उठ्छन् भन्ने छैन । बक्स कम्पनीका सिइओ आरोन लेवी, बजफिडका सिइओ जोनाह पेरेटी, आयरल्याण्डका उपन्यासकार जेम्स जोयस, अमेरिकी लेखिका गट्रूडे स्टेन, फ्रेन्च उपन्यासकार गुस्ताव फ्लोबर्ट, यी सबै अबेरसम्म सुत्ने गर्थे र रातभरी जागा बस्थे ।

अहिलेसम्म कुनै पनि अनुसन्धानले बिहान चाँडै उठ्ने मानिस जीवनमा सफल भएरै छोड्छन् भनेर पुष्टि गरेको छैन । तपाईंको शरीरको हर्मोन धेरैजसो तपाईंको बडी क्लकको हिसाबले रिलिज हुन्छ । बानी परिवर्तन गर्दा हर्मोनको तालमेल बिग्रन सक्छ किनभने राती अबेरसम्म जागा हुने मानिस बिहान चाँडै उठ्दा उसको शरीरले यहि सोच्छ कि ऊ सुतिरहेको छ । उसको हर्मोन अबेर गरी रिलिज हुनेछन् । यसले स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ ।

तर धेरैजसो देशमा अबेरसम्म सुत्नेहरुलाई अल्छी, कामचोर भनिन्छ । त्यसकारण धेरैजसो मानिसहरु बाध्यतामै भएपनि बिहान चाँडै उठ्ने कोसिस गर्छन् ।

हो, बिहान चाँडै उठ्नुका फाइदा धेरै छन् । तपाईंले प्राकृतिक प्रकाश पाउनुहुन्छ । सूर्यको प्रकाशमा बस्दा तपाईंको शरीरले भिटामिन डीको भरपुर खुराक पाउँछ । तपाईं केही काम चाँडै सिद्धाउन सक्नुहुन्छ ।

तर यदि तपाईंलाई अबेरसम्म सुत्न मज्जा लाग्छ भने ब्ल्याङ्केट तान्नुहोस् र आरामले सुत्नुहोस् ।

सम्बन्धित समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

जेनजीकाे समर्थनमा : प्रेस चाैतारी तनहुँ उपाध्यक्ष सुनिता आचार्यको राजीनामा
राजनिती

जेनजीकाे समर्थनमा : प्रेस चाैतारी तनहुँ उपाध्यक्ष सुनिता आचार्यको राजीनामा

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
अर्थ

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

एमालेबाट निर्वाचित वडा अध्यक्ष थापाले तिरेनन्, सहकारीको ऋण
अर्थ

एमालेबाट निर्वाचित वडा अध्यक्ष थापाले तिरेनन्, सहकारीको ऋण

२० औँ लेखनाथ महोत्सवको तयारी पुरा
अर्थ

२० औँ लेखनाथ महोत्सवको तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद