२०८३ कार्तिक ८, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पानी कति र कसरी पिउने ? यस्ता छन् फाइदा

गण्डकी प्रेस
साउन २२, २०७८ ०६:२७ मा प्रकाशित
सामाजिक सञ्जाल बाट
पानी कति र कसरी पिउने ? यस्ता छन् फाइदा
33
SHARES
Share on FacebookShare on Twitter


पानी जीवनको आधार हो। धर्मशास्त्र र दर्शनदेखि विज्ञानसम्मले जीवको उत्पत्ति पानीमै भएको तथ्यलाई स्वीकारेका छन्। पृथ्वी र हाम्रो शरीरमा पानीकै बाहुल्यता छ। तर पनि यसको महत्वलाई बुझ्न नसक्दा मानिसले विभिन्न समस्या भोगिरहेका छन्।

पानीको महत्वलाई सबैसामु छर्लंग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण, सम्वद्र्धन र दिगो विकासका लागि वकालत गर्ने अभिप्रायले १९९३ देखि संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मार्च २२ तारिखका दिन पानी दिवस मनाइँदै आइएको छ।

पानी सहकारिताको अन्तर्राष्ट्रिय वर्षको उपनामले सम्बोधन गरेर सधैंझैं यस वर्ष पनि विश्व पानी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यसै उपलक्ष्यमा पानीको चिकित्सकीय महत्वलाई बुझेर व्यवहारमा उतार्नु हामी सबैको दयित्व हो।

मानव शरीर रचनामा सर्वाधिक ९६०–७० प्रतिशत० हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो।

हाड जस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेसीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पूर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ।

पानीलाई जीवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ। विभिन्न जैव रासायनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलीय माध्यम उपलब्ध गराउनेदेखि यस्ता क्रियाहरुमा आफंै पनि संलग्न हुने, विभिन्न तत्वहरुको परिवहन गर्ने, गराउने, रक्तचाप तथा शरीरको तापक्रम नियन्त्रण गर्ने, विषाक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्‍याउने काम पनि पानीले नै गर्छ।

एउटा वयस्क पुरुषको शरीरमा ५५ देखि ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखि ६० प्रतिशत पानी हुन्छ। शारीरिक पानीको दुई तिहाइ हिस्सा कोषहरुभित्र हुन्छ भने एक तिहाइ हिस्सा रगत र कोषहरुको वरिपरिको खाली ठाउँमा रहन्छ।

शरीरमा पानीको सन्तुलन बनाइराख्नका लागि लगभग दैनिक ३ देखि ५ लिटर पानी आवश्यक पर्दछ। जसमध्ये ७ सय मिलि पानी खानाको माध्यम भएर प्रवेश गर्छ भने ३ सय मिलि पानी शरीरभित्रै उत्पन्न हुन्छ। बाँकी पानीको पूर्ति पानी पिएर नै गर्नुपर्छ।

यसैगरी हरेक दिन ४ सय ५० मिलि पानी छालाबाट उडेर, ४ सय मिलि पानी श्वाससँगै घुलेर, १ सय ५० मिलि पानी दिसासँगै मिसिएर र बाँकी पानी पिसाबको रुपमा बाहिर जान्छ।

पानी पिउनुका फाइदा

१. शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्‍याउँछ।

२. उपापचयी क्रियापश्चात् जम्मा भएको युरिया, युरिक एसिड, क्रियाटिनिन जस्ता विषाक्त तत्वहरु, सोडियम, पोटासियम, क्याल्सियम, फसफोरस जस्ता इलेक्ट्रोलाइट ९नुन० हरु र अन्य उत्पादलाई निष्काशन गरी रक्त शुद्धीकरणमा सहयोग पुर्‍याउँछ।

३. छालाको सौन्दर्यलाई जिवन्त राख्छ। मांसपेसी तथा स्नायु कोषहरुको कार्यक्षमतालाई सूचारु राख्न मद्दत गर्छ। कोषहरुमा हुने अक्सिडेटिभ स्टे«स निवारण गर्न सहयोग गर्छ।

४. पाचन, अवशोषण र मल निष्काशनमा पानीको ठूलो भूमिका छ। पाचनपश्चात् आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्वहरुलाई निकाल्नको लागि पनि पानीको आवश्यकता पर्छ।

५. तिख्रा लाग्नुभन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने, कमल पित्त, मिर्गौला तथा पित्तथैलीको पथ्थरी, मोटोपन, जोर्नी दुख्ने, अपच, अनिद्रा एसिडिटी, ग्यास्ट्रिक, अल्सर, कब्जियत, अर्स, मधुमेह, चायाँ, पोतो, डन्डिफोर, महिनावारी गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बढ्ने–घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ। यी रोग लागेकाहरुले यथेष्ट मात्रामा नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग पुग्छ।

कति पिउने ?

पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसममा निर्भर गर्छ। सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखि ४ लिटर पिउनु जरुरी छ। अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागि १०० मिलि अतिरिक्त पानी पिउनु जरुरी छ।

सामान्यतया: पुरुषभन्दा महिलाको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाले धेरै पानी पिउनु जरुरी छ। सन्तान उत्पादन गर्ने उमेर समूहका, गर्भिणी, बच्चालाई दूध चुसाइरहेका महिलालाई झन् धेरै पानी पिउनु आवश्यक छ।

कसरी पिउने ?

– तिर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सूचना हुनु हो। त्यसैले तिर्खा लाग्नुभन्दा पहिले नै पानी पिउने बानी बसालौं। एकै पटक धेरै पानी पिउनु पनि स्वास्थ्यको लागि राम्रो होइन।

– बिहान उठ्नेबित्तिकै लगभग १२ सय मिलि जति पानी पिउनु स्वास्थ्यकर छ। यसो गर्दा रातभरि सुत्दा हुनसक्ने डिहाइड्रेसन निर्जलता कम गर्न सहयोग गर्छ।

– ठोस भोजन गर्नुभन्दा १ घन्टा पहिले र गरेपछि २ घन्टा पछिसम्म पानी पिउन हुदैन। भोजन निल्न कठिन भएमा १० मिलिजति पानी लिन सकिन्छ, तर भोजन लिइसकेपछि पानी लिएमा पाचन रसहरुको पाचन शक्ति कम हुन जाने हुँदा भोजन पचाउन कठिन हुन्छ। फलत: विभिन्न प्रकारका पेटका रोगहरु लाग्न सक्छन्।

– राति सुत्नुभन्दा अगाडि पनि प्रशस्त पानी पिएर सुत्ने गर्नुपर्छ। यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको शिकार हुँदैन।

– यसका अलवा दैनिक १–१ घन्टाको अन्तरालमा १ देखि २ ग्लास पानी पिइरहनुपर्छ।

– खेल्दा, दौडदा र परिश्रम गर्नुभन्दा आधा घन्टा पहिले प्रशस्त पानी पिउनु राम्रो हो तर परिश्रम गरिरहेको समयमा वा श्रमपश्चात् लगत्तै पानी पिउँदा शरीरमा इलेक्ट्रोलाइट ९नुन० हरुको सन्तुलन बिग्रिन गई आपतकालीन स्थिति पनि आउन सक्छ। साथै श्रमको समयमा पानी पिउँदा विश्राम गरिरहेको पाचन प्रणालीलाई अतिरिक्त दबाब पर्न जान्छ।

– तिर्खा लागेको बेलामा पानी नै पिउने गरौं कोल्डड्रिङ्स तथा अन्य पेय होइन।

– पिसाबलाई पहेंलो हुन नदिउँ र स्वस्थ मान्छेमा पहेलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो।

सम्बन्धित समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा
प्रमुख समाचार

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

जेनजीकाे समर्थनमा : प्रेस चाैतारी तनहुँ उपाध्यक्ष सुनिता आचार्यको राजीनामा
राजनिती

जेनजीकाे समर्थनमा : प्रेस चाैतारी तनहुँ उपाध्यक्ष सुनिता आचार्यको राजीनामा

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
अर्थ

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

एमालेबाट निर्वाचित वडा अध्यक्ष थापाले तिरेनन्, सहकारीको ऋण
अर्थ

एमालेबाट निर्वाचित वडा अध्यक्ष थापाले तिरेनन्, सहकारीको ऋण

२० औँ लेखनाथ महोत्सवको तयारी पुरा
अर्थ

२० औँ लेखनाथ महोत्सवको तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार