काठमाडौं १५ असार। पछिल्लो २४ घण्टामा कोरानाबाट २० जनाको मृत्यु २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ एन्टिजेन परीक्षणमा ९ सय ८ गरी २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार ११ हजार ६ सय ४० जनामा परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा संक्रमण देखिएकामा मंगलबार ११ हजार ७ सय ४८ जनामा परीक्षण गर्दा झण्डै दुई सय जना बढी संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्:-