काठमाडौं १४ असार । पछिल्लो समयमा बिजुली उत्पादनको मिति सार्वजनिक गरेको यता माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १ सय ५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७ कित्ता शेयर रु ६६ करोड ९४ लाख ४८ हजार ९ सय ८९ मा खरीद बिक्री भयो ।
अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज पनि सो कम्पनीको सुरुआती कारोवारमा सकारात्मक सर्किटको मूल्यसम्म नै वृद्धि भएको थियो । नेप्सेको विवरण अनुसार सो कम्पनीको शेयर बिक्रीमा अधिक बिक्री चाप पर्यो ।

प्रतिक्रिया लेख्नुहोस्:-