संखुवासभा १४ असार । पाँचखपन नगरपालिका ३ सिरिसे बस्ने ८० वर्षीय आइत बहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४३ वर्षीय विष्णु तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति तामाङले मादक पदार्थ सेवन गरी राईलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले कुटपिट गर्ने तामाङलाई नियन्त्रणमा लिएको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-