ईमेजको साधारण सभा सम्पन्
पाेखरा । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ईमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो आर्थिक गतिविधि सँगै वार्षिक प्रतिवेदन शेयर सदस्य समक्ष प्रस्तुत गरेको छ ।
गण्डकी प्रदेश सभा सदस्य माननिय लिला बहादुर थापा मगर को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मगरले कार्यक्रमको उद्घाटन गर्दै सहकारीहरुले घरेलु उत्पादनलाई जोड दिन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल सरकारका उप–सचिव धन प्रसाद पोेख्रेल, कानुनी सल्लाहकार लिला बल्लब न्यौपाने, सल्लाहकार भोलानाथ शर्मा त्यस्तै पोखरा महानगरपालिका वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष धन बहादुर नेपाली लगायतले आफ्ना भनाई राखेका थिए ।
ईमेज साकोसका अध्यक्ष तथा ढोरपाटन नगरपालीकाका प्रमुख देव कुमार नेपाली को सभाध्यक्षतामा सम्पन्न कार्यक्रम मा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष जगुलाल पाण्डे ले गर्नुभएको थियो भने कार्यक्रम को उद्धघोषक को रुपमा सञ्चारकर्मी सुशिल नेपाली रहनुभएको थियो ।






























प्रतिक्रिया लेख्नुहोस्:-