नेपाल बिध्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाई समिति द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवनदान, जिवनदान भन्ने मूल नाराका साथ रगत को अभाव हुन नदिन आयोजित कार्यक्रममा १०५ युनिट रगत सङ्कलन भएको थियो ।उक्त कार्यक्रममा रक्त संचार केन्द्र कास्कीको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्र मणि लामिछानेले रक्तदाता नेपाल बिधार्थी संघ पोखरा बिश्वबिद्धालय का वरिष्ठ नेता अनिस बस्नेतलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
प्रमुख अतिथिको मन्तव्य राक्दै लामिछाने ले रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् गन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको स्वागत मन्तब्य नेपाल बिध्यार्थी संघ पोखरा बिश्वबिद्धालय का नेता तथा पुर्ब जिल्ला सह सचिव राजिब भण्डारी ले राखेका थिए । कार्यक्रमा कास्की क्षेत्र नं १ कि सह सचिव सुजाता गुरुङ,प्रदेश अधिबेशन प्रतिनिधि लक्ष्मी गुरुङ को विशिष्ट आतिथ्यता र प्रजातन्त्रबादि कर्मचारी संघ का सभापति तेज नारायण पराजुलि को आतिथ्यता रहेको थियो ।कार्यक्रम भब्य रुपमा सफल भएको मा पोखरा बिश्वबिद्धालय मुल इकाइ समिति का सभापति तथा कार्यक्रम संयोजक बिमान प्रधान ले सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्दै अझ रचनात्मक कार्यक्रम गर्न प्रोत्साहन मिलेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ।



























प्रतिक्रिया लेख्नुहोस्:-