२०८३ बैशाख १७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

काम खोज्दै हिँडेकी महिलामाथि सामूहिक बलात्कार

गण्डकी प्रेस
पुस १५, २०७८ १०:१३ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ
21
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं । सुर्खेतबाट काम खोज्दै बनेपा हिँडेकी एक ३४ वर्षीया महिलामाथि काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा सामूहिक बलात्कार भएको छ। पुस १२ गते ८ बजे राति ती महिला काठमाडौंको नयाँ बसपार्कमा ओर्लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुदीप गिरीले बताए। उनका अनुसार त्यसपछि नचिनेका एक युवकले उनलाई खाना खुवाउने र घरमा लगेर बास दिने प्रलोभन देखाइ होटलमा लगेर बलात्कार गरेका थिए। सुरुमा एक्लै होटल पुर्‍याएका ती युवकले पछि अरू ८ जना साथीहरूलाई पनि बोलाएर सामूहिक बलात्कार गरे।

पीडित महिला होटलबाट भागेर मंगलबार दिउँसो बसपार्क नजिकैको प्रहरी बिटमा घटनाबारे जानकारी गराएपछि उक्त घटना सार्वजनिक भएको हो। गिरी भन्छन्, ‘डराउँदै प्रहरीको सम्पर्कमा आएकी ती महिला काठमाडौं पहिलोपटक आएकी थिइन्। प्रहरीमा पुग्दा उनले घटना घटेको ठाउँसमेत एकिन गरेर भन्न सक्ने अवस्था थिएन। बसपार्क मात्रै भनेका कारण बसपार्क क्षेत्रका सबै सीसीटीभी फुटेज हेरेर पीडकको खोजीमा लाग्यौं।’

पीडित महिलालाई थापाथलीस्थित प्रसूति गृहको एकद्वार संकट व्यवस्थापन केन्द्रको सेन्टरमा उपचार गरिएको छ। पीडित महिलाको उद्धारमा खटिएको प्रहरीको विभिन्न टोलीसँगै कालीमाटीको महिला सेल पनि खटिएको थियो। सेलकी प्रमुख अनु लामाका अनुसार पीडितको स्वास्थ्य खतरा मुक्त छ। उनलाई काठमाडौंको एक सेल्टरमा आश्रय दिइएको छ।

पीडित महिलाले प्रहरीमा दिएको बयानअनुसार कामको शिलशिलामा भारत गएका उनको श्रीमान् वर्षौंसम्म पनि फर्किएनन्। श्रीमान् नभएपछि उनले श्रीमान्को घर हुम्ला छाडिन्। नाबालक २ सन्तान च्यापेर उनी सुर्खेत माइतीमा बस्दै आएकी थिइन्। छोराछोरीको लालनपालनमा समस्या भएपछि उनलाई गाउँकै भद्रभलादमीले काठमाडौं बनेपा जान सल्लाह दिए। उनले भनेकी छन्, ‘बनेपामा ढलानको काम पाइन्छ, आम्दानी पनि हुन्छ भनेर गाउँका मानिसले भनेपछि म १२ गते बिहानै काठमाडौंका लागि हिँडे।’

राति ८ बजे बसपार्क ओर्लेर बनेपा जाने बस खोज्दै गर्दा एक युवकलाई सोध्न पुगिन्। ती युवकले ‘मेरो घर जुम्ला हो। यहाँ नजिकै मेरो कोठा छ। कोठामा २ जना दिदी पनि हुनुहुन्छ’ भन्दै आत्मीयता देखाएर विश्वासमा पारे। काठमाडौंका लागि उनी अन्जान भएकाले युवकसँग गएको बताएकी छन्। बयानअनुसार उनीसँग न पैसा थियो न मोबाइल नै। आश्रय खोज्दै युवकलाई विश्वास गरिन्। तर, ती युवकले होटलमा लगेर खाना खुवाए त्यसपछि स्प्राइटमा औषधि हालेर खुवाएछन्। त्यसपछि उनलाई मित्रनगरको एक होटलमा लगेर बलात्कार गरे।

प्रहरीले बलात्कारमा संलग्न ९ जनामध्ये ७ जनालाई १३ गते (मंगलबार) नियन्त्रण्मा लिएको थियो भने फरार रहेका २ जनालाई पनि बुधबार (१४ गते) नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, रोभाका १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बढुवाल, वडा– ११ का २४ वर्षीय चन्द्र साउद, २५र२६ वर्षीय हस्त नेपाली रहेका छन्। त्यस्तै, सोही नपा–६ लिउडीका २१ वर्षीय शुरेश सेज्वाल र अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिष रहेका छन्।

चन्द्र साउद र हस्त नेपालीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

काम खोज्दै हिँडेकी महिलामाथि सामूहिक बलात्कार

मत परिणामलाई लिएर दुई समूहबीच झडप

डाक्टर कुट्ने चार पक्राउ

फेरी मन्त्री बने दीपक मनाङे

गण्डकीका पुर्व मन्त्री सांसद मनाङे ज्यान मार्ने उद्योगमा दाेषी