११ पुस । महानगरपालिका ३२ जडिबुटीमा प्रदेश ०३ -००१ ख २०१७ नम्बरको ट्रकले प्रदेश ०२–०२६ प ८७६६ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका-१६ नयाँबजार बस्ने ६० वर्षीया मथुरा मानन्धरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको राष्ट्रि य ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, ईश्वरपुर नगरपालिका १२ बाँके जङगलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ना.३४ प ७०२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका ७ बस्ने ५७ वर्षीय भिम गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक लालबन्दी नगरपालिका ३ बस्ने ४२ वर्षीय जितन चौधरीको लालबन्दी मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका १ निलोगेटस्थित सडकमा लु २ ख ४०५५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ३ बस्ने ३५ वर्षीया कमला रेग्मीको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरेहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-