२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यसरी भैरहेको रहेछ नेपालमा मानव खप्पर एवं हड्डीको तस्करी

गण्डकी प्रेस
अशोज २०, २०७८ १०:०० मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार
यसरी भैरहेको रहेछ नेपालमा मानव खप्पर एवं हड्डीको तस्करी
53
SHARES
Share on FacebookShare on Twitter

विराटनगर २० असोज । भारतबाट नेपालतिर मानव खप्पर एवं हड्डीको तस्करी भइरहेको पाइएको छ। सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको वस्तु मानव खप्पर एवं खुट्टा र हातको नली हड्डी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार विराटनगर महानगरपालिका–१५ बाट सोमबार राति खप्परजस्तो देखिने २८ पिस र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० पिस बरामद गरिएको छ। भारतको जोगवनीबाट नेपाल प्रवेश गरेको को २ च ९६४८ नम्बरको मारुती भेनलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा रोकेर चेकजाँच गरिएको उनले बताए।

सशस्त्रले चेकजाँच सुरु गरेपछि भेनका चालक निस्किएर भागेका थिए। सशस्त्रले बरामद गरेको वस्तु कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान गरिएको थियो। यस विषयमा जाँचबुझ गर्न वन्यजन्तु विज्ञ, चिकित्सक, वनका कर्मचारी र प्रहरीको संयुक्त टोली खटियो। प्रारम्भिक अनुसन्धानबाट उक्त वस्तु वन्यजन्तुको अंग नभएको निस्कर्ष निकालिएको हो।
डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत परमेश्वर पासवानले बरामद भएको वस्तु वन्यजन्तुको अंगसँग नमिल्ने बताए। ‘हेराइका आधारमा बरामद भएको वस्तु वन्यजन्तुको अंग हैन। मानव शरीरमा भएका अंगसँग मिल्दोजुल्दो छ,’ उनले भने, ‘थप अनुन्धानपछि मात्रै यस विषयमा यकिन हुन्छ। तर उक्त वस्तु मान्छेको खप्पर र खुट्टा एवं हातको नली हड्डीजस्तो देखिन्छ।’

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीका अनुसार थप अनुसन्धान गरेर यथार्थ पत्ता लगाउन बरामद गरिएको वस्तु नेपाल प्रहरीको जिम्मा लगाइएको छ। नेपाल प्रहरीको अनुसन्धानपछि उक्त वस्तुको यकिन हुने बताउँदै उनले प्रारम्भिक अनुसन्धानबाट भने मानव खप्पर र मान्छेकै खुट्टा एवं हातको नली हड्डी भएको निस्कर्ष निकालिएको जानकारी दिए।
‘सुरुमा वन्यजन्तुका अंग हो कि भन्ने अनुमान गरियो थियो। विज्ञहरुले वन्यजन्तुको हैन भनेपछि मानव अंग नै भएको निस्कर्ष निकालिएको छ,’ गिरीले भने, ‘परीक्षणपछि पहिचान हुन्छ। त्यसको प्रक्रिया नेपाल प्रहरीले अघि बढाइसकेको छ।’ तर यस घटनाले भारतबाट नेपाल र नेपालबाट भारततिर विभिन्न वस्तुको तस्करी भइरहेको पुष्टि हुने उनले बताए। अवैध धन्दा नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्रको विशेष टोली परिचालित रहेको डीआईजी गिरीले बताए।

उनका अनुसार सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिस र सवारी साधनमाथिको चेकजाँच तीव्र बनाइएको छ। ‘सीमा क्षेत्रबाट यस्ता वस्तु बरामद हुनु निक्कै गम्भीर विषय हो,’ डीआईजी गिरी भन्छन्, ‘त्यही भएकाले निगरानी बढाएर उच्च सतर्कता अपनाउँदै कडाई गर्न थालिएको छ।’

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले उक्त वस्तु परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेको जानकारी दिए। ल्याब परीक्षणको रिपोर्ट प्राप्त भएपछि उक्त वस्तुका बारेमा पुष्टि हुने उनको भनाइ छ। उनका अनुसार मानव खप्परजस्तो देखिने वस्तुलाई भने काटेर बटुका एवं कचौराको जस्तो आकार दिइएको छ।
प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। तर प्रहरीले सोधपुछ गर्दा उनीहरुले उक्त वस्तु कहाँबाट ल्याएको र कसको हो भनेर नबताएको एसपी जीसीले जनाए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारतबाट ल्याएर काठमाडौं लैजान खोजिएको पाइएको छ। चीनतर्फ लैजान खोजिएको पनि हुनसक्ने प्रहरी अधिकारी बताउँछन्। विस्तृत अनुसन्धानपछि थप विषय प्रष्ट हुने प्रहरीको भनाइ छ। एसपी जीसीले केमा प्रयोग गर्नलाई मावन खप्पर र हड्डीको तस्करी गरिन्छ भन्ने यकिन नभएको बताए। उनका अनुसार बरामद गरिएको वस्तु कति पुरानो होभन्ने पनि खुल्न बाँकी छ। तर विगतका केही घटनाबाट भने मानव खप्पर र हड्डीको तस्करी हुने गरेको पुष्टि भइसकेको छ। मान्छे मरेपछि जातीय परम्परा अनुसार दाहसंस्कार गरिन्छ। कतिपय जातजातिले शवलाई आगोमा जलाएर नष्ट गर्छन् भने कतिपयको जमिनमा गाडेर अन्त्येष्टि गर्ने परम्परा छ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ