पोखरा,२ भदौ– कोरोना महामारीले उकालो लागेपछि कास्कीमा बिहिवार राति १२ बजेबाट सवारीमा जोरविजोर प्रणाली लागु हुने भएको छ ।
आज बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयले सवारीमा जोर विजोर प्रणाली लागु गरेको हो । जोर विजोरसंगै होटल तथा रेष्टुरेन्टहरुले पनि होम डेलिभरि, टेकअवे मात्र गर्न पाउने भएका छन् ।
यस्तै जिल्लामा कुनै परीक्षा, भिडभाड, मेला महोत्सव, सभा सम्मेलन, प्रतियोगिता लगायत नागरिक जम्मा हुने कुनै किसिमको काम गर्न पाइने छैन् ।
निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक बाहेक घर बाहिर नसिस्किन आग्रह गरेका छन् । कोरोनाको बढ्दो संक्रमनका कारण १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए ।






















प्रतिक्रिया लेख्नुहोस्:-