पोखरा रसुवामा आएको बाढीका कारण बेपत्ता भएका व्यक्तिको खोजतलास तथा फेला परेका शवको पहिचानका लागि कास्कीमै डीएनए परीक्षणसम्बन्धी नमुना संकलन गरिने भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बाढीमा बेपत्ता व्यक्तिका नजिकका आफन्तबाट डीएनए प्रोफाइलिङका लागि आवश्यक निवेदन तथा मञ्जुरीनामा फाराम भर्ने र रगतको नमुना संकलन गर्ने व्यवस्था कार्यालयबाटै सुरु गरेको जनाएको छ।
यसअघि रगतको नमुना संकलनको काम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने व्यवस्था थियो। नमुना संकलन प्रक्रियालाई सहज र सरल बनाउने उद्देश्यले भदौ १९ गतेदेखिनिवेदन तथा मञ्जुरीनामा लेख्ने र रगतको नमुना संकलन गर्ने काम एकीकृत रूपमा जिल्ला प्रहरी कार्यालय कास्कीबाटै गर्न थालिएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
रसुवामा भदौ १० गते आएको बाढीका कारण हराएका व्यक्तिहरूको खोजतलास तथा पहिचानका लागि नजिकका आफन्तको डीएनए प्रोफाइलिङ आवश्यक पर्ने भएकाले यस्तो व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिरेन्द्रकुमार पासवानले पीडितहरूलाई यता र उता गर्दा झन्झट भएका कारणले अब जीप्रकाबाटै सबै काम हुने जानकारी दिए ।
रसुवा बाढीमा परि मृत्यु भएका विभिन्न जिल्लाबाट १०२ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो।
मध्ये १५ वटा सबको पहिचान खुलेपछि आफन्तलाई बुझाइएको छ। यस्तै सात सातवटा सबको आफन्त सम्पर्कमा आएपछि पहिचानका लागि अस्पतालमा राखिएको छ भने बाँकी सबहरु सुरक्षित तरिकाले माटोमा व्यवस्थापन गरिएको छ।



























प्रतिक्रिया लेख्नुहोस्:-