पोखरा / भोटेकोशी बाढीका कारण उद्दारमा कठिनाइ भएपछि सरकारले हेलिकप्टरमार्फत माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजना क्षेत्रमा स्काभेटर र डोजर लगिएको छ । सडक सञ्जालबाट विच्छेद भएको र उद्धारमा कठिनाइ भएपछि सरकारले नुवाकोटस्थित उक्त जलविद्युत आयोजनामा फसेका नागरिकको उद्धारका लागि स्काभेटर र डोजरका सामानको पार्टपुर्जा छुट्याएर हेलिमार्फत त्यहाँ लैजाने काम गरेको हो ।
नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याए हो। ती उपकरणहरूलाई त्यहाँ खण्ड÷ खण्ड पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको हो । उक्त स्थानमा उद्धारको प्रयास चलिरहेपनि गएराति भीषण बाढी आएको आएपछि केहि कठिनाइ भएको थियो । तर, उद्धार प्रयास निरन्तर जारी छ। नेपाली सेनाका अनुसार अबको करिब एक घण्टामा सुरङको प्रवेशद्वार खोल्ने काम सम्पन्न हुनेछ। त्यसपछि मात्रै फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु हुनेछ।
विहान पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह अत्यधिक बढेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न सुरु गरेको छ।
यस्तै पहिरो र माटोले पुरिएको त्रिशूली ३ ए को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत स्पेशल फोर्स परिचालन गर्ने तयारी समेत गरेको बताइएको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-