पोखरा / पोखरामा शुक्रबार परेको भारी वर्षापछि सडकमा आएको भलले बगाउदा आमा छोरीको मृत्यु भएको छ ।
विरौटाबाट पृथ्वीचोक तर्फ फर्कदैँ गर्दा ठूलो पानी परेपछि कमल दाहाल (३० वर्ष) ले श्रीमती सुष्मा (२६ वर्ष) र २ वर्षीया छोरीलाई पछाडि राखेर चलाएको स्कुटर जनप्रिय क्याम्पस जाने चोकमा रोकेका थिए ।
उक्त मेयर हर्कचोकमा स्कुटरबाट झर्ने क्रममा २ वर्षीया छोरीलाई बगाएर नालामा पुर्याएको थियो । छोरीलाई बचाउने पुगेकी आमालाई पनि भलले बगाएको हो ।
कमलले हारगुहार गर्दागर्दै दुबैजनालाई बगाएर विरौटा पुर्याएको थियो । विरौटाको नहरबाट स्थानीय र प्रहरीले दुबैजनाको उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल पठाएपनी उनिहरुको मृत्यु भएको हो ।



























प्रतिक्रिया लेख्नुहोस्:-