पोखरा / विगत एक महिनादेखि पोखराका पृथ्वीचोक, लेकसाइडलगायत क्षेत्रका पर्यटन व्यवसायीलाई धम्क्याएर रकम असुल्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा मारेक कटहरे गाउँपालिका–६ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३६ वर्षीय प्रेम थापा र सुनसरी इटहरी उपमहानगरपालिका–२५ स्थायी घर भई हाल लेकसाइड नै बस्ने २९ वर्षीय पंकज खड्का रहेका छन् ।
उनीहरूले ‘द फायर ग्याङ’ नामक ह्वाट्सएप नम्बरहरू प्रयोग गरी जनधनको क्षति पु¥याउने, अपहरण गर्ने तथा दुर्घटना गराउने जस्ता त्रासपूर्ण धम्की दिएर व्यवसायीहरूबाट रकम माग गर्दै आएका थिए।
धम्की र रकम मागको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूलाई पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटनबाट भदौ १२ गते नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिपक प्रसाद रिजालेले जानकारी दिएका छन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-