लुम्बिनी प्रदेश सरकारमा सामेल नेकपा (एमाले)का चार जना मन्त्रीहरूले सामुहिक राजीनामा दिने भएका छन्।
भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालका अनुसार उनीहरूले मौखिक रूपमा राजीनामा दिइसकेको र केही बेरमै लिखित राजीनामा दिने तयारी भइरहेको बताए।
‘हामीलाई पार्टीले मन्त्री बनाएको हो,’ ढकालले भने, ‘अहिले फेरि पार्टीले राजीनामा देऊ भनेको हुँदा पदबाट राजीनामा दिन थालेका हौं।’
भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरीले बुधबार राजीनामा दिन लागेका हुन्।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-