२०८३ बैशाख १६, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

गण्डकी प्रेस
बैशाख १६, २०८३ १९:४१ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा / पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा कुल चार क्लबले सहभागिता जनाउने भएका छन् । आर एस फुटबल क्लबको आयोजनामा शुक्रबार बाट हुने गोल्डकपमा चार क्लबले सहभागिता जनाएका हुन् । गोल्डपको तयारी बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष रमेश कार्कीले प्रतियोगिताको तयारी पुरा भएको सुनाए ।
प्रतियोगितामा आयोजक आरएस पोखरा फुटबलसहित, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नेपाल पुलिस क्लब भिड्नेछन् । शनिबार संकटा र त्रिभुवन आर्मी क्लब भिड्ने छन भने आइतबार फाइनल खेल हुनेछ ।
पोखरामा यस अघि महिलाको गोल्डकप हुन सकेको थिएन् । महिला फुटबलको विकासका लागि स्थापित आरएसले पोखरालाई महिला फुटबल दिएको हो ।
‘पछिल्लो समय महिला फुटबलको लोकप्रियताले उचाई लिइरहेको सर्वविदितै छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमको खेल र ती खेलमा दर्शकहरूको उपस्थिति पनि यसलाई प्रष्ट पार्छ’ उनले भने, ‘ महिला फुटबलमा गण्डकी प्रदेश पछि परिरहेको छ । साम्बा, विमाला विक जस्ता प्रतिभावान खेलाडी जन्माउने गण्डकी प्रदेशमा महिला गोल्डकप नहुनु झनै दुखद् पक्ष हो । हामीले अब महिला फुटबलको प्रवद्र्धन तथा विकास गर्नुपर्छ भनेर कदम चालेका छौं ।’
पहिलो संस्करण भएकाले धेरै चुनौति रहेको उनले बताए । क्लबले हालैमात्र एन्फाको आयोजनामा भएको महिला लिग छनोटमा सहभागिता जनाएको थियो । क्लबको अबको मुख्य योजना नै राष्ट्रिय उपाधि जित्ने र प्रतिभाशाली युवा खेलाडीहरूलाई खेलसँगै शिक्षाको अवसर प्रदान गर्ने रहेको रहेकाले प्रतियोगिताको आयोजना गर्न लागेको सुनाए ।
‘हामीले पहिलो पटक पोखरा रंगशालामा प्रथम महिला पोखरा गोल्ड कप आयोजना गर्ने तयारी गरेका छौं । अवसर र चुनौति दुवै छन् त्यसलाई पार गर्दै अघि बढ्नेछौं’ उनले थपे ।
बैशाख १८ देखी २० सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुसासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

चितुवाको छाला सहित ३ जना पक्राउ

कास्कीमा सुरक्षा चुनौती, मौन प्रहरी

महतगौडामा खुकुरी हान्ने गुरुङ र फरार कार्की पक्राउ