२०८३ असार १८, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

गण्डकी प्रेस
चैत्र १८, २०८२ ०८:३९ मा प्रकाशित
खेलकुद, पर्यटन, समाचार
“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट
12
SHARES
Share on FacebookShare on Twitter

पोखरा, १७, चैत / पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही चैत २८ गते हुने पोखरामा हुने “नाइट रन” प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

मंगलबार पोखरास्थित चाइनिज गार्डेन रेस्टुरेन्टमा आयोजित छलफलमा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरामा पहिलोपटक हुन लागेको रात्रिकालीन दौडप्रति उत्साहसँगै सुरक्षा चुनौती पनि उत्तिकै रहेकाले त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरे । साथै उनले क्याम्पिङचोकदेखि पामेसम्मको रुट उपयुक्त हुने सुझावसमेत दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा इभेन्टहरूको सहरको रूपमा स्थापित भइसकेको बताउँदै यस्ता कार्यक्रममा विदेशी पर्यटकको सहभागिता बढाउन सके भविष्यमा बजेट व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरे ।

पोखरा भ्रमण वर्ष २०२५÷०२६ का संयोजक गोपीबहादुर भट्टराईले रातको समयमा आयोजना हुने यस प्रतियोगिताको छुट्टै महत्व रहेको उल्लेख गर्दै बाराहीघाटदेखि हल्लनचोक क्षेत्रसम्म शान्ति सुरक्षा कायम गर्न स्थानीयले पनि सहयोग गर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्रतियोगितालाई आवश्यकतानुसार सहयोग गर्ने बताउँदै यसलाई पोखराको नयाँ पहिचानका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन विभिन्न अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्न सुझाव दिए ।

उनले भविष्यमा रुट विस्तार गरी विन्ध्यवासिनी मन्दिर हुँदै अगाडि बढाएर प्रतियोगितालाई पोखराको ब्रान्डिङ बनाउनु पर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरामा नयाँ कार्यक्रम थपिनु सकारात्मक भएको बताउँदै खेलकुदमार्फत पर्यटन प्रवद्र्धन हुने बताए । पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष शोभाकान्त पौडेलले प्रतियोगिता सफल पार्नका लागि आवश्यक परे ट्याक्सी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

होटल संघ पोखरा नेपालका द्वितीय उपाध्यक्ष गणेशराज पहाडीले नाइट रन र फेवा नववर्ष महोत्सवबीच सहकार्य हुने बताउँदै चैत २९ देखि वैशाख १ गतेसम्म हुने महोत्सवले प्रतियोगिताकोसमेत प्रवद्र्धन गर्ने बताए ।

प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले शान्ति सुरक्षाका लागि आवश्यक तयारी गरिए पनि थप व्यवस्थापनका लागि स्थानीयको सहयोग अपरिहार्य हुने बताए । सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले नयाँ कार्यक्रम भएकाले धेरैभन्दा धेरै धावक सहभागी गराउन आयोजकलाई सुझाव दिए ।

कार्यक्रम संयोजक दीननाथ बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटा, रेवान पोखराका प्रथम उपाध्यक्ष वसन्त गौतम लगायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले यसअघि पुम्दीभुम्दी पर्वतीय दौड सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै यस नाइट रनले पोखराको मुख्य पर्यटकीय तथा व्यापारिक क्षेत्र जोड्दै समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

संयोजक दीननाथ बरालले खेलकुद मार्फत रात्रिकालीन पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको यो प्रतियोगिता कोशेढुंगा साबित हुने धारणा राखे ।

नयाँ वर्षको पूर्वसन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” नारासहित आयोजना हुने यस नाइट रनका लागि अनलाइन दर्ता खुला गरिएको र पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत फारम भर्न सकिने केन्द्रका सचिव सागर सुनारले जानकारी दिए ।

प्रतियोगितामा आयोजकले सहभागीको बिमाका साथै रिफ्लेक्टिभ (चम्किने) टिसर्ट उपलब्ध गराउने र धावकहरूले हेडल्याम्प प्रयोग गर्न सक्ने आयोजक संस्थाले जनाएका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा आयोजना हुने प्रतियोगितामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर हस्पिटल पार्टनर र नेलम्बो नेपाल मेडिकल पार्टनरका रूपमा रहेका छन् ।

पोखरा भ्रमण वर्ष २०२५÷०२६, अटोवेज प्रा.लि., सिटीजन फर्निचर, होटल संघ पोखरा नेपाल, परिचय एड्भरटाइजिङ, जिल्ला खेलकुद विकास समिति कास्की लगायतको सहयोग रहने प्रतियोगिता फेवाताल किनारस्थित बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर सम्पन्न हुने छ ।

५ किलोमिटर दौडको उक्त रुट पोखरा महानगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ समेट्ने र विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव