अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेका बेला मुगुमा मतपेटिका संकलन हुनै बाँकी छ ।
मुगुका मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार दुईवटा केन्द्रको मतपेटिका सदरमुकाम लगिँदैछ ।
‘मुगुको मुगूम कार्मारोङ गाउँपालिकाको मुगु गाउँ केन्द्र र डोल्फु केन्द्रको मतपेटिका बाटोमा बोकेर ल्याउँदैछन् । ८० किलोमिटर दुरी छ, हिँडेर मतपेटिका बोकेर ल्याउने हो । उकालो ओरालो छ,’ उनले भने ।
मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-