पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रुपा गाउँपालिका ६ का अध्यक्षले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका छन्।
पत्रमा उल्लेख गरिएअनुसार पार्टीका जिम्मेवारी बहन गर्ने क्रममा साथ र सहयोग गर्ने सम्पूर्ण नेता–कार्यकर्तालाई धन्यवाद व्यक्त गरिएको छ। अध्यक्षले आफूले पाएको जिम्मेवारी पूरा गर्ने प्रयास गरेको तर पार्टीभित्र उत्पन्न केही परिस्थितिका कारण पदमा बसिरहन उचित नभएको महसुस गर्दै राजिनामा दिएको जनाएका छन्।
उनले पार्टीलाई अगाडि बढाउने क्रममा आएका चुनौतीहरूलाई सम्मानपूर्वक स्वीकार गर्दै आगामी दिनमा पनि पार्टीको हितका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, पार्टी कमिटीलाई सफलताका लागि शुभकामना समेत दिएका छन्।
पत्रको अन्त्यमा उनले आफ्नो राजिनामा स्वीकृत गरिदिन पार्टी नेतृत्वसँग अनुरोध गरेका छन्।
























प्रतिक्रिया लेख्नुहोस्:-