पोखरा / कुमुदिनी साहित्यिक मञ्चको आयोजनामा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील मञ्चले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। सोही क्रममा मञ्चले माध्यमिक तहस्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको हो ।
प्रतियोगितामा प्रथम, दोस्रो कक्षा ११ विज्ञान संकायले हात पार्यो भने । कक्षा १२ विज्ञान संकायले तेस्रो स्थान हासिल गर्यो ।
क्रमशः सन्दिप अधिकारी प्रथम , सलिना खत्री द्वितीय, कक्षा १२ का अर्जुन विश्वकर्मा तेस्रो भए ।
कक्षा ११ विज्ञान संकायकी नम्रता अधिकारीले चौथो स्थान हासिल गरिन ।
साहित्यिक मञ्चका संरक्षक मन बहादुर भुजेलले विजयी विद्यार्थीलाई बधाई ज्ञापन गर्दै यस्ता रचनात्मक कार्यले विद्यार्थीमा सिर्जनशील क्षमताको विकास गराउने कुरामा जोड दिए ।
मञ्चका सदस्य लियोन पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रम सल्लाहकार शुशिल नेपालीले सञ्चालन गरेको शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।
शिक्षकहरू दिपेन्द्र थापा मगर र दिपक के. सी. निर्णायक रहेका थिए ।






















प्रतिक्रिया लेख्नुहोस्:-