फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना बुधबार (आज) देखि देशभर परिचालन गरिएको छ। निर्वाचन पूर्वको एकीकृत सुरक्षा योजनाअनुसार सेनाले देशभरका विभिन्न क्षेत्रमा उपस्थिति जनाउँदै चुनावी सुरक्षाको जिम्मेवारी सम्हाल्न थालेको हो।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि कुल ७९ हजार ७२७ जना सैनिकहरू खटाइएका छन्। उनका अनुसार सेनाले आवश्यकताअनुसार गस्ती गर्नेछ र संवेदनशील मतदानस्थल तथा क्षेत्रहरूको अवस्थाका आधारमा संयुक्त गस्तीसमेत सञ्चालन गरिनेछ।
“संवेदनशीलताका आधारमा सेनाले गस्ती संचालन गर्छ। निर्वाचन अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा तेस्रो घेरामा रहेर सेनाले ड्युटी गर्छ,” बस्नेतले बताए।
सुरक्षा संयोजन अन्तर्गत नेपाली सेनाले चुनावको शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सबै निकायसँग सहकार्य गरी काम गर्ने बताइएको छ। निर्वाचनमा कुनै अप्रिय गतिविधि हुन नदिन र मतदाताले निडरतापूर्वक मतदान गर्न सक्ने वातावरण बनाउन सेनाले आफ्नो भूमिका निर्वाह गर्ने जनाएको छ।






















प्रतिक्रिया लेख्नुहोस्:-