पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले निषेधित सामग्रीहरु नष्ट गरेको छ । विमानस्थलको सुरक्षा कार्यालयले सुरक्षाको दृष्टिकोणले विमान यात्रामा लैजान नमिल्ने तथा वेवारिसे अवस्थामा फेला परेका विभिन्न सामग्रीहरू नष्ट गरेको छ।
विदेश जाने क्रममा निषेधित तथा कानुनले प्रतिबन्ध गरेका सामग्रीहरू सम्बन्धित धनी सम्पर्कमा नआएपछी
नष्ट गरिएको हो ।
मंगलबार करिब ६० किलो बराबरको सुर्ती, पराग, ६७५ थान लाइटर, ५०० थान कैची, २० थान अचार बट्टा, बेल्ट ११३ थान, बडि स्प्रे ४८२, ब्लेड १८ थान, टेप २० थान, ७६ थान कपडा नष्ट गरिएको हो ।
कार्यालयका अनुसार २०८२ साउन १७ गतेदेखि भदौ १९ गतेसम्म सम्पर्कमा नआएका सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डम्पिङ क्षेत्रमा नष्ट गरिएको हो।
साथै, हवाई यात्रा गर्दा सुरक्षाको दृष्टिकोणले ह्यान्ड ब्यागेजमा लैजान नमिल्ने तरल पदार्थ, खाद्य सामग्री, धारिलो तथा फलामका वस्तु, औजार, खेलकुद सामग्रीलगायतका सामग्रीहरू एयरलाइन्ससँग समन्वय गरी होल्ड ब्यागेजमा राख्न यात्रुहरूलाई अनुरोध गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले यात्रुहरूलाई सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न, प्रतिबन्धित सामग्री साथमा नल्याउन तथा यात्रा अघि आवश्यक जानकारी लिएर विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ।






















प्रतिक्रिया लेख्नुहोस्:-