पोखरा / पोखरामा जारी सडक महोत्सवको समापन समारोहका लागि बेलुन भर्ने क्रममा ग्यास सिलिन्डर पड्कदाँ एक जना घाइते भएका छन् ।
आइतबार विहान महोत्सवको समापन समारोहमा बेलुन उडाइ कार्यक्रम गर्ने आयोजकको कार्यतालिका थियो । समापन समारोहमा प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई आमन्त्रण गरिएको थियो । सोही कार्यक्रमका लागि एक सय वटा बेलुन भर्ने क्रममा घटना भएको हो ।
सिलिन्डरको पिँध पड्कदा बेलुन भर्दै गरेका धिरजकुमार गुप्ता घाइते भएका हुन ।
घटना विहान ११ बजेदेखि १२ बजे भित्रको हो । विहान खासै मान्छे नभएकाले ठूलो घटना नभएको देखिन्छ । धिरजको घाटिमा चोट लागेको छ । उनको मेडिपाल्स अस्पतालमा उपचार भइराखेको छ ।
घटनाको बारेमा भने प्रहरी वेखबर देखिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले आफुलाई जानकारी नभएको बताए ।


























प्रतिक्रिया लेख्नुहोस्:-