पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष तथा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार ई. हेम जङ गुरुङले युवाले साेचेकाे अनुसार काम गर्न सक्ने दावी गरेको छन् । कास्की क्षेत्र नं २ काे बैठकलाई सम्बाेधन गर्दै युवाकाे भवना र आफ्ना भावना मेल खाने सुनाए ।
युवाले देश बिकास चाहेको र यस्काे लागि आफुपनि सधैं भाैतारिएकाे उनले सुनाए । जनताको समस्या प्रतक्ष रुपमा आफुले बुझेको गुरुङकाे भनाइ छ । जनताको समस्या समाधानकाे लागि अरु उम्मेदवार भन्दा आफू अब्बल भएको उनले बैठकमा सुनाए ।
देशमा बढ्दो भ्रष्टाचार, राजनीतिक अस्थिरता र जनआक्रोशका बीच अब स्पष्ट नीति र दृढ नेतृत्वको गर्ने दाबी गरे । बैठकमा कास्की जिल्ला क्षेत्र २ समिति, प्रदेश क र ख रहेका समितिका पदाधिकारी, विभिन्न वडा कमिटीका पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।


























प्रतिक्रिया लेख्नुहोस्:-