पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष तथा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार ई. हेम जङ गुरुङले आफू नष्ट हुन भएपनि भ्रष्ट नहुने बताएको छन् ।
निर्वाचन कार्यालयकाे उद्घाटन गर्दै जनताको पैसा १ रुपैया पनि भ्रष्टाचार नगर्ने उद्घघाेष गरेको छन् । साथै जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । देशमा बढ्दो भ्रष्टाचार, राजनीतिक अस्थिरता र जनआक्रोशका बीच अब स्पष्ट नीति र दृढ नेतृत्वको गर्ने दाबी गरे ।
जनताको विश्वासलाई राजनीतिक सफलताको मुख्य आधार मान्दै जनमुखी, पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापित गर्न राप्रपा सक्रिय रहेको उल्लेख गरे ।
कास्की क्षेत्र नं. २ लाई पार्टीको महत्वपूर्ण राजनीतिक आधार बनाउँदै जनतासँग प्रत्यक्ष संवाद र सहभागितामार्फत संगठन सुदृढ पारिने उनले बताए ।
केन्द्रीय उपाध्यक्षले भ्रष्टाचारविरुद्ध कडा अडान व्यक्त गर्दै भने, “म नष्ट हुन्छु, भ्रष्ट हुन्न । जनताको एक रुपैयाँको पनि दुरुपयोग हुन दिन्नँ।” उनले कास्कीमा विकासका योजना कार्यान्वयन गर्दा इमानदार नेतृत्व र पारदर्शी निर्णय प्रक्रियालाई पहिलो प्राथमिकता दिने दाबी गरे ।




























प्रतिक्रिया लेख्नुहोस्:-