सुरेशराज अधिकारी / तनहुँको शुक्लागण्डकी नगरपालिका ५ फोहोर प्रशोधन केन्द्रमा काम गर्ने तीन जनाको शव फेला परेको घटना यतिबेला तातिरहेको छ ।
लगातार विभिन्न व्यक्तिमाथि भइरहेको अनुसन्धान पछि एक जना पक्राउ परेका छन् । प्रहरीले तीन जना हत्याको आरोपमा सोही ठाउँका एकजनालाई पक्राउ गरेको हो । मृतकका साथी कुमार नेपाली सार्कीलाई प्रकाउ गरेको प्रहरी स्रोतको दाबी छ । उक्त दिन मादक पदार्थ सेवन गरेर सबै बसेका थिए ।
उनीहरु बिच समान्य भनाभन भएको थियो । सोही भनाभन भएपछि कुमारले मृतक नारायण विकलाई मुख छाडेका थिए । त्यसको रिसमा आफुले साथीको हत्या गरेको कुमारले प्रहरी सामु प्रारम्भिक बयान दिएका छन् । नारायणको हत्या पछि अन्य साथीहरूको हत्या गरेको कुमारको बयान छ ।
कुमारले हत्या गर्न प्रयोग गरेको चक्कु पनि अनुसंधानमा खटिएका प्रहरीलाई देखाएका छन् । उनी बिरुद्ध भोली बुधबार प्रहरीले म्याद थप गरेर अनुसंधान अघि बढाउने स्रोतको दाबी छ ।
गत शनिबार शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक दुई र सोही वडाको जनकल्याण मावि मुनी नदी छेउमा एक शव फेला परेको थियो ।



























प्रतिक्रिया लेख्नुहोस्:-