पाेखरा / सामाजिक सञ्जालमा बन्दु प्रदर्शन गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । टिकटकमा बन्दुकसहितको भिडियो पोष्ट गरेपछि कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय विनोद ओझा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार ओझा कृष्णनगर न्युज टुडे (अनलाइन न्यूज) का सञ्चालक हुन् ।
ओझाले केही दिन पहिले आफ्नो टिकटकमा बन्दुक सहितको भिडिओ राखेका थिए । त्यसपछि प्रहरी उनको घर पछ्याउँदै गएको थियो ।
घर खानतलासी गर्ने क्रममा अवैध रूपमा राखिएको एक नाले भरूवा बन्दुक फेला परेको डिएसपी सिंहले बताए ।
जिल्ला अदालत कपिलवस्तुले सात दिन थुनामा राखेर हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए।



























प्रतिक्रिया लेख्नुहोस्:-