नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले देशमा वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेशको खारेजी र प्रत्यक्ष कार्यकारी प्रणालीको विषयमा जनमत सङ्ग्रहमा जान अन्तरिम सरकारसँग माग गरेका छन्।
उनले लडाइँ नचाहने हो भने जनमत सङ्ग्रह नै ‘अन्तिम विकल्प’ रहेको बताएका छन्। नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको उल्लेख गर्दै प्रसाईंले यस विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग कुरा भएको र गृहमन्त्री आफूहरूको मागप्रति सकारात्मक रहेको जानकारी दिए।
उनले आफ्ना मागहरू नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा आफू ६० प्रतिशत विश्वस्त रहेको बताए। यद्यपि, सरकारले माग पूरा नगरेमा आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनीसमेत दिएका छन्।


























प्रतिक्रिया लेख्नुहोस्:-