काठमाडौं, ११ कात्तिक
सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीस्थित सडकमा प्रदेश नम्बर ३-०१-००५ ख ९९८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री इनरूवा नगरपालिका-८ बस्ने २२ वर्षीय सराज मनसुरीको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढिगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२४ स्थित सडकमा मधेश प्र.०२-००८ प ४३७८ नम्बरको मोटरसाइकललाई मधेश प्र.०२-००८ प ५६६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मधेश प्र.०२-००८ प ४३७८ नम्बरको मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-२० रूपैठा बस्ने ६० वर्षीया कोशिला देवी मुखियाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै गए राति मृत्यु भएको हो । मधेश प्र.०२-००८ प ५६६९ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-३ घोडपालीस्थित सडकमा यूपी ५६ एटी ५६६६ नम्बरको लहरीको ठक्करबाट सोही ठाउँस्थित माइतीघर बस्ने रूपन्देही घर भएकी उषा चौधरीकी छोरी ४ वर्षीया अनुष्का चौधरीको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले लहरी चालकलाई नियन्त्रणमा लिएको छ ।
रूकुम पश्चिम, चौरजहारी नगरपालिका-६ शान्ति बजारस्थित सडकमा लु.प्र ०२-००१ त ००२३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ स्यालखोला बस्ने ३० वर्षीय कृष्ण विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-