सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि सरकारका प्रवक्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेन-जीको मागअनुसार सामाजिक सञ्जाल खुल्ने बताएका हुन् ।
‘सामाजिक सञ्जाल छिट्टै खुल्छन्,’ उनले भने, ‘सरकारले जेनजीको मागलाई सम्बोधन गरी सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको छ ।’
सूचीकरणमा नआएको भन्दै सरकारले बिहीबार रातिदेखि फेसबुक, एक्सलगायत दुई दर्जन बढी सामाजिक सञ्जाल बन्द गरेको थियो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-