कास्की, २२ भदौ ।
पोखरा महानगरपालिका–२५ हेम्जा सुन्दरपुरी चोकस्थित होटल म्याग्दीमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। म्याग्दी मालिका गाउँपालिका–५ घर भएका ३३ वर्षीय धिरेन पूर्जाले संचालन गरेको उक्त होटलमा प्रहरीले शनिबार दिउँसो छापा मार्दा धिरेनसहित ९ जना पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी नगद ८५ हजार ७ सय ९० रुपैयाँ र ४ बुक तास बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्:-