नेपाल विद्यालय महासङ्घ कास्कीको आयोजनामा सम्पन्न यु-१४ अन्तर विद्यालय रग्बी प्रतियोगितामा न्यु एरा माविका छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गरेका छन्। फाइनल खेलमा सोसल पब्लिक विद्यालयसँग कडा प्रतिस्पर्धा गर्दै न्यु एराका छात्राहरूले एक ट्राईको अन्तरले उपविजेता बन्न पुगे। उक्त खेल अतिरिक्त समयमा पुगेपछी एक ट्राइ गरेपछी सोसल पब्लिक पहिलाे भएकाे थियाे ।
प्रतियोगितामा न्यु एरा माविका छात्राहरूको समर्पण र मेहनतले सबैको ध्यान आकर्षित गर्यो। अन्तिम खेलमा कडा प्रतिस्पर्धा भए पनि सोसल पब्लिक विद्यालयले एक ट्राईको अग्रता लिँदै विजेता उपाधि हात पार्यो। यस प्रतियोगिताबाट छनौट भइ गण्डकी प्रदेशकाे स्क्वाडमा न्यु एरा माविका तीन छात्रा र एक छात्र छनोट भएका छन्:
छात्रातर्फ:
खि माया गुरुङ (गृष्मा)
लिबिया सुनार
बिनिशा गुरुङ
छात्रतर्फ:
जेशन पुन
न्यु एरा माविका ECA प्रमुख विनोद नेगीले भने, “हाम्रा विद्यार्थीहरूको प्रदर्शन अत्यन्तै सराहनीय रह्यो। उनीहरूको मेहनत र समर्पणले विद्यालयको नाम उजागर गरेको छ। प्रदेश स्तरमा पनि उनीहरूले उत्कृष्ट प्रदर्शन गर्नेमा हामी विश्वस्त छौं।”
विद्यालय प्रशासनले पनि छात्राहरूको सफलतामा गर्व व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेको छ। यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।



























प्रतिक्रिया लेख्नुहोस्:-