२०८३ बैशाख २२, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम 

गण्डकी प्रेस
जेष्ठ ४, २०८२ १६:२३ मा प्रकाशित
समाचार, समाज
राष्ट्रिय भजन प्रतियोगिता भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम 
6
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जारी राष्ट्रिय भजन प्रतियोगिताले भक्तजनलाई कोटिहोममा जोड्ने माध्यम वनेको छ ।

भजन प्रतियोगितामा पनि सहभागी हुने र यसै अवसरमा कोटिहोम दर्शन गरी दान गर्ने अवसर पनि नछुटाउन देशभरका भजन समूह यति वेला पोखरा केन्द्रित भएका छन् । भजन प्रतियोगितामा सहभागी हुने समूहले प्रतियोगितामा मात्रै नभई केही न केही दान गरेर जाने गरेको आयोजकले जनाए । भजन प्रतियोगितामा पूर्व रसुवा देखि पश्चिम महेन्द्रनगर सम्ममा ३ सय ५ समूहको सहभागिता रहेको राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

युवा देखि वृद्ध सम्मको सहभागिताले प्रतियोगितामा रौनक छाएको उनले बताए । ‘हाम्रा जिजु  बाजेहरूले पहिल्यै देखि गाउँदै गरेको भजन अहिले प्रतियोगिताको रूपमा युवा देखि वृद्ध सम्मको सहभागिता भजन प्रस्तुत भएको छ ’ उनले भने, ‘प्रतियोगितामा ७ देखि ९७ वर्ष सम्म उमेरका व्यक्तिहरूको सहभागिताले पनि हामीलाई हौसला थपेको छ ।’ उनै पराजुलीको पहलमा भजन संस्कृतिलाई जगेर्ना गर्न २०५४ सालमा विन्ध्यवासिनीमा भजन प्रतियोगिता आयोजना गरेका थिए । जसले अहिले सम्म पनि निरन्तर पाएको छ । विगत देखि मानव सेवा फाउन्डेसनले भजन प्रतियोगिता आयोजन गरी धर्म संस्कृतिको जगेर्ना गर्न काम गरेको उनको भनाई थियो । भजन प्रतियोगितामा रैथाने भजन देखि, ठाडो खैँजडी, देउडा परिमार्जित धार्मिक भजनहरू प्रस्तुत भएको उनले जानकारी दिए । प्रतियोगितामा बिहीबार सम्म १ सय बढी समूहले भाग लिइसकेका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी प्रभावशाली समाजसेवीको रूपमा स्थापित भएको बताए । ‘यो गण्डकी कोटिहोमले पोखराको महिमालाई बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ’ उनले भने,‘हिन्दु धर्मको जर्गेना सँगै पोखरालाई धार्मिक पर्यटकीय सहरको रूपमा स्थापित गर्न गरिएको यो कार्यलाई हामी सबैले सहयोग गर्नुपर्दछ ।’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले विश्वमा शान्ति स्थापनाका गर्न कोटिहोमको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले हिन्दु धर्म संस्कृतिलाई जोगाउन हामी सबैको दायित्व भएको बताउँदै ऐतिहासिक कोटिहोममा सहभागी भएर पुण्य लाभ लिन आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले २५ हजार, शिवप्रसाद जोशीले २५ हजार १ सय ५ पोखरा– ८ का  भक्तराज श्रेष्ठ ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ । कोटिहोममा बिहिबार चर्चित गायिका एलिना चौहान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको प्रस्तुति रहेको थियो । कार्यक्रममा गायिका एलिना चौहानकी आमा जमुना चौहानको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ
अपराध

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार
अपराध

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र
प्रमुख समाचार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

चर्चित खबरहरु

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

सपनामा मार्नु कि मर्नु पर्ने भनेपछी बुबाको हत्या !छोरा पक्राउ

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

पोखरामा चेक चोरी गरी किर्ते हस्ताक्षरमार्फत ठगीको प्रयासः गिरोह सक्रिय, अनुसन्धान तीव्र

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा