२०८३ असार १९, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कुलमानले विद्युत् प्राधिकरणमा गरेका १२ काम

गण्डकी प्रेस
चैत्र १२, २०८१ १३:०१ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्‌को निर्णय
12
SHARES
Share on FacebookShare on Twitter

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तमा परेका कुलमान घिसिङले आफ्नो आठ वर्षको कार्यकालमा प्राधिकरणलाई नाफामा लैजानेदेखि विद्युत्‌को पहुँच विस्तारसम्मका काम गरेका छन् ।

मुलुकले १५ देखि १८ घण्टासम्म लोडसेडिङ व्यहोरेको अवस्थामा उनले पहिलो कार्यकालमै आम उपभोक्ताले लोडसेडिङ खेप्नुपरेको बाध्यतालाई हटाएका थिए । यद्यपि, उनलाई उद्योगमा लोडसेडिङ गराएर घर(घरमा विद्युत् पुर्‍याएको आरोप लाग्दै आएको छ ।

उनी दोस्रो कार्यकालका लागि नियुक्ति हुँदा विद्युत्‌को पहुँच ५८ प्रतिशत रहेकोमा हाल ९९ प्रतिशत पुर्‍याएको कुलमानको दाबी छ । बर्खास्तमा परेको दिन कुलमानले आर्थिक रूपमा सीमान्तकृत चेपाङ तथा मुसहर समुदायलाई विद्युत्‌को पहुँच पुर्‍याउँदै निस्शुल्क विद्युत् जडान गरिरहेका थिए ।

आर्थिक वर्ष २०७२/०७३ मा प्राधिकरणको सञ्चित घाटा ३५ अर्ब रहेकोमा आर्थिक वर्ष २०७३/०७४ बाट प्राधिकरणलाई निरन्तर नाफामा लगेको दाबी कुलमानको छ । आर्थिक वर्ष २०८०/०८१ मा प्राधिकिरणको सञ्चित नाफा ४७ अर्ब पुगेको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा प्राधिकरणको कुल सम्पत्ति २५७ अर्ब रूपैयाँ रहेकोमा हाल यो सम्पत्ति ६३२ अर्ब पुगेको प्राधिकरणको तथ्याङ्क छ ।

प्राधिकरणले स्थापना कालदेखि २०७२/०७३ सम्म नेपाल सरकारलाई विभिन्न शिर्षकमा २६ अर्ब भुक्तानी गरेकोमा कुलमानको दुई कार्यकालमा सावाँ, ब्याज, कर तथा रोयल्टीसमेत गरी ८२ अर्ब भुक्तानी गरेको छ ।

आठ वर्षको अवधिमा प्राधिकरणले एक खर्ब रूपैयाँ उत्पादन, प्रसारण र वितरण संरचनामा लगानी गरेको छ । यस्तै, सहायक र सम्बद्ध कम्पनीमा करिब ५७ अर्ब रूपैयाँ लगानी गरेको प्राधिकरणको रेकर्ड छ । प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत् आयातभन्दा बढी निर्यात गरेको थियो । उनको कार्यकालमा १९ अर्बको विद्युत् निर्यात भएको रेकर्ड छ ।

आफ्नो कार्यकालमा विद्युत् चुहावट १२.७३ प्रतिशतले कम गर्न सफल भएको कुलमानको दाबी छ । आफ्नो कार्यकालमा विद्युत् उत्पादन क्षमतालाई ४ गुणाले वृद्धि गरेको कुलमानको जिकिर छ ।

आर्थिक वर्ष २०७२/०७३ मा कुल विद्युत् उत्पादन क्षमता ८५६ मेगावाट रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा ३५०० मेगावाट पुर्‍याइएको छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत्‌को बजार सुनिश्चितता गर्दा उत्पादन वृद्धि भएको हो । ८ वर्ष अघि २ हजार ८ सय मेगावाटको मात्र विद्युत् बिक्री सम्झौता गरिएकोमा हाल निजी क्षेत्रको करिब ११ हजार मेगावाटभन्दा बढी आयोजनाहरुको विद्युत् खरिद सम्झौता सम्पन्‍न भएको हो ।

यस्तै सौर्य विद्युत् उत्पादनलाई आफूले प्राथामकितामा राख्दा प्राधिकरण आफैँ र निजी क्षेत्रबाट करिब १५० मेगावाटको विद्युत् उत्पादन भएको कुलमानको भनाइ छ । ९५० मेगावाटको सौर्य विद्युत् खरिद बिक्री सम्झौता प्रक्रिया पनि उनकै कार्यकालमा अघि बढेको थियो ।

करिब पाँच हजार मेगावाटको जलविद्युत् आयोजनाहरू निर्माणका लागि प्राधिकरणले लगानी बढाएको छ । प्राधिकरणको सहायक कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी, रोलवालिङ २० मेगावाटका आयोजनाहरु निर्माणाधीन छन् । प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाइमा निर्माणाधीन २७० मेगावाटका आयोजनाहरु सञ्‍चालनको अन्तिम चरणमा छन् । चिलिमे जलविद्युत् कम्पनीले करिब ३०० मेगावाटका थप जलविद्युत् आयोजनाहरु अगाडि बढाएको छ ।

४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोशी पाँचौको निर्माण सुरु भएको छ । एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाहरु वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेका छन् ।

६८३ मेगावाटको सुनकोशी ३ जलाशययुक्त जलविद्युत् आयोजनालाई भने नेपाल र बङ्गलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्ने गरी अगाडि बढाइएको छ । त्यस्तै, दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजनाका रुपमा अगाडि बढाउन सकिने १० हजार ८०० मेगावाटको कर्णाली ९चिसापानी० बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन प्रक्रियामा छ ।

यस्तै, देशका विभिन्‍न ठाउँमा करिव ४२ हजार मेगावाटका पम्प स्टोरेज जलविद्युत् आयोजनाहरुको पहिचान गरी केही उत्कृष्ट आयोजनाहरुको थप अध्ययन अगाडि बढाइएको छ ।

प्राधिकरणले देशका प्रमुख शहरहरुलाई ११ वटा प्रमुख क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्नेगरी प्रसारण र वितरण संरचनाको गुरुयोजना तयार गरी कार्यान्वयनमा लगेको कुलमानको दाबी छ ।

आर्थिक वर्ष २०७२/०७३ मा वितरण लाइनतर्फ १ लाख २१ हजार सर्किट कि।मी। रहेकोमा हाल २ लाख २० हजार सर्किट कि.मी. पुगेको छ भने वितरण सवस्टेशन क्षमता ६४० एमभिए बाट करिव ३ हजार एमभिए पुगेको छ। काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा र भरतपुर महानगरपालिकालगायतका मुख्य शहरमा विद्युतीय तार भूमिगत गर्ने कार्य सम्पन्‍न हुने चरणमा छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

ह्युस्टन कलेज अफ एजुकेसन इन्फरमेसनमा एजुकेसन सेमिनार पुस २३ गते

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन