पोखरा । जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी भएका छन् । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीका एकै घरका पाँच जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका हुन् ।
परिवारकै सदस्य धनमाया राजवंशीले जंगलबाट टिपेर ल्याएको च्याउ खादा उनीहरु बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी जेसी शाहाले जानकारी दिए । उनीहरुले शनिबार बेलुकाको खाना संगै च्याउ खाएको प्रहरीलाई बयान दिएका थिए ।
च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको डिएसपी शाहाले जानकारी दिए । बिरामीको अवस्था मध्यम रहेको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-