पाेखरा । सृजना विकास केन्द्र पोखराद्दारा अन्नपूर्ण गाउँपालिका केन्द्रित बृहत स्वास्थ्य शिविर सहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । २०३७ मा सामाजिक संस्थाको रुपमा स्थापित केन्द्रले शिक्षा, स्वास्थ्य, खेलकूद तथा बालबालिका तथा महिला केन्द्रित रचनात्मक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष कृष्ण बहादूर थापाले बताए ।
वार्षिक रुपमा स्वास्थ्य सचेतना अन्र्तगत महिलाहरुका लागी महिला रोग विशेषज्ञद्धारा निशुल्क रुपमा स्वास्थ्य परिक्षण, औषधी वितरण गरिएको कार्यक्रम शुभारम्भ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सीले गरेका थिए ।
आम समुदायलाई स्वास्थ्य बिमा अन्र्तगत गाउँपालिकाले पचास प्रतिशत अनुदान सहित विपन्नका लागि निशुल्क स्वास्थ्य सेवा दिदै आएको अध्यक्ष के.सीले बताए ।
कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. सृजना शर्मा, डा. तारा गुरुंग, डा. प्रतिक गैरे, डा. निरज पौडेल, सहकार्य सस्ंथा नयाँपुल स्वास्थ्य क्लिनिकका प्राविधिकबाट परिक्षण स्वास्थ्य सचेतना, युसीजी,ल्याब र औषधी वितरण गरिएको थियो ।
शिविरमा अन्नपूर्ण गाउँपालिका, मोदी गाउँपालिकाका ३०० भन्दा बढी महिलाहरुको उपस्थित रहेको थियो ।
सृजना बिकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, वार्ड नं. ५ का जिवनाथ पौडेल, केन्द्रका संस्थापक अध्यक्ष डम्बर बहादुर के.सी., बालगृह संयोजक सोमनाथ बराल,निवर्तमान अध्यक्ष इन्द्र पौडेल, कार्यक्रम संयोजक शान्ती शर्मा,
सह प्राध्यापक राधिका रेग्मी, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, महासचिब विश्व श्रेष्ठ, कोषाध्यक्ष कृष्ण प्रसाद बराल, जाल्पा सामुदायिक लघुवित्त, गण्डकी प्रदेश प्रमुख युवराज शर्मा, अभिमान मेमोरियल मा.वि.का अध्यक्ष दान बहादुर के.सी., नँयापुल स्वास्थ्य क्लिनिकका प्रमुख संजोग मरासीनी, द हेभन क्लब अफ नँयापुलका अध्यक्ष विजय भूर्तेल लगाएतले आ आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-