उदयपुर । उदयपुरगढी गाउँपालिका ७ चियाँबारी फिकलबाट अवैध लागूऔषध गाँजा करिब ६७ किलोग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका ७ बस्ने ६० वर्षीय लाल बहादुर तामाङ र सोही गाउँपालिका ८ चुपुम्फा बस्ने ५२ वर्षीय दिल बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा बोकी चुपुम्फाबाट दमाई कोटीतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८




























प्रतिक्रिया लेख्नुहोस्:-