उदयपुर । उदयपुरगढी गाउँपालिका ७ चियाँबारी फिकलबाट अवैध लागूऔषध गाँजा करिब ६७ किलोग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका ७ बस्ने ६० वर्षीय लाल बहादुर तामाङ र सोही गाउँपालिका ८ चुपुम्फा बस्ने ५२ वर्षीय दिल बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा बोकी चुपुम्फाबाट दमाई कोटीतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-