२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अटेरी अशोक पालिखे महानगरले रोक्दा समेत धमाधम रिटेनिङ वाल

अतिक्रमणको चरम सिकारमा फिर्के

विजय नेपाली
फाल्गुन २६, २०७९ १९:०४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
अटेरी अशोक पालिखे महानगरले रोक्दा समेत धमाधम रिटेनिङ वाल
30
SHARES
Share on FacebookShare on Twitter

पोखरा । बुधबार विहान फिर्के खोलामा मापदण्ड विपरित ग्याबिन भर्ने काम भएको भन्दै महानगरमा उजुरी प¥यो । फोन मार्फत एक व्यक्तिले सूचना दिएपछि विहान ११ बजे महानगरको प्रहरीको टोली उक्त स्थानमा पुग्यो ।

त्यहाँ धमाधम ग्याविन भर्ने काम चलिरहेको थियो । महानगर प्रहरीले उक्त स्थानमा व्यक्तिले ग्याविन भर्न नपाउने र फिर्के मापदण्ड भित्र कुनै गतिविधि गर्न नपाउने भन्दै चलिरहेको काम रोक्न लगायो । पोखरा १८ तर्फ भने फिर्केको भागमा पोखराका व्यापारी अशोक पालिखेले खोलमै ग्याविन भर्ने काम गरिरहेका थिए ।

करिब ८/१० जना कामदारले धमाधम ग्याविन भरिरहेका थिए । खोलाको बग्ने भागमा नै ढु󠇆ङ्गा राखी ग्याविन भरिएको थियो । महानगर प्रहरीले रोकेपछि काम बन्दभएपनि प्रहरी त्यहाँबाट हिडेपछि भने पुनः काम सूचारु भएको थियो ।

महानगरका एक कर्मचारी स्रोतले पोखरामा ठूला र धनाढ्य व्यक्तिहरुलाई रोक्ने सामथ्र्य नरहेको सुनाए ।

‘फिर्के अतिक्रमण हिजो देखी भइरहेको छ । तर रोक्ने कस्ले । हामीले सक्दैनौ यहाँ त ठूलावडा र हुनेवालाको मात्रै चल्छ’ स्रोतले भने,‘यदि महानगरले फिर्के प्रति चासो देखाएको भए त केहि नीति नियम बनाउथ्यो होला नि तर त्यसो हुँदैन् ।’
एक नगर प्रहरीले भने विहान एक चरण रोक्नका लागि पुगेको बताए । उनले विहान रोकेपनि अटेरी गर्दै पुनः काम गरिरहेको र केहि निमार्ण सामान उठाएर ल्याएको बताए ।
पुरुषोत्तम थापाले आफुहरु गएरै रोकेको बताए । उनले अशोक पालिखेले मापदण्ड मिचेर फिर्केखोलाबार्ट तारजाली लगाउने काम गरेको बताए । ‘हामीले विहान गएर रोकेका हौं ।

अशोक पालिखेले फिर्के खोलालाई नै मापदण्ड मिचेर तारजाली लगाउँदै हुनुहुदो रहेछ’ उनले भने, ‘अनि हामीले जानकारी प्राप्त हुनेवित्तिकै नगर प्रहरी पुगेर रोकेका हौं । फेरीपनि काम गरिहेको छ भन्ने जानकारी पाएपछि पुनः नगरप्रहरी त्यहाँ पुगेको छ ।

दोस्रो पटक समेत बन्द गर्न पुगेका नगर प्रहरी कुलप्रसाद भट्टराईले अटेरी गर्दै पुनः काम गरेको बताए । ‘विहान आएर हामीले नै रोकेका हौं । यहाँ तारजाली भर्ने साहुले नै म काम बन्द गरिदिन्छु भन्दै भन्नुभयो । फेरी सुरु गर्नुभएको रहेछ’ उनले भने,‘हामीले आवश्यक कागजात लिएर आउनु भनेका थियौं । तर अटेरी गरेको देखियो ।’ पालिखेले गोप्य रुपले का मगर्दै आइरहेका थिए । कसैलेपनि थाहा नपाउने गरी उनले काम गरेका छन् ।

नागरिक समाजका रामबहादुर पौडेलले गलत काम भइरहेको बताए । उनले फिर्के अतिक्रण तिव्र रुपले बढको बताउँदै यसलाई रोक्न महानगर, प्रशासन र अख्तियारमा पटकपटक निवेद समेत दिएको सुनाए । उनका अनुसार मेयर धनराज आचार्यले फिर्के अतिक्रमण जोकोहिले गरेपनि कारवाहि गर्ने बताएका थिए ।

आठ किलोमिटर लम्बाई रहेको फिर्केको १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ । फिर्के अतिक्रमण प्रति राज्य निरीह देखिएको छ, फिर्के अतिक्रमण नरोकिने हो भने फिर्केखोला नै लोप हुने खतरा देखिन्छ । यस्को लागि स्थानीय स्तरबाटै कार्वाही गर्नुपर्ने भएपनि महानगर भने मौन देखिएको छ ।

आफ्नो जग्गाको संरक्षण गर्ने नाममा भूमाफियाले खोला अतिक्रमण गरि खोलाको बिच भागबाटै तटबन्ध लगाउने काम भएको देखिन्छ । सोही शिलशिलामा यतिबेला अशोक पालिखे पनि छन् ।

अँधेरी कुनादेखि फेवातलसम्मै फिर्के खोलाको मापदण्ड मिचिएर झण्डै २ सय संरचना बनेका छन् । फिर्केमा बनेका संरचनामा सरकारी एव गैह्रसरकारी संघ संस्था देखि नामि व्यक्ति समेत छन् ।

उक्त क्षेत्रमा १ सय ९२ बढी घरटहरा मापदण्ड विपरीत रहेको नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिए । सरकारी भवन ७, पक्की घर ७२, कच्ची घर टहरा ८६, विद्यालय तथा कलेज ३, मठमन्दिर २ र ११ समाज घर र तथा संघसंस्था रहेका छन । यस भित्र कतिपय संचना महानगरपालिकाको अनुमति लिएरै निर्माण गरिएका छन् ।

महानगरले २०७४ चैत्र २ गते फिर्के खोला रेखांकनको काम अघि बढाएको थियो । महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा बनेको समितिले रेखांकनपछि प्रतिवेदन बुझाएर त्यसमाथि छलफल समेत भएको थियो । त्यसपछि भने फिर्के सम्बन्धि कुनै काम अघि बढ्न सकेको थिएन ।
निवेदन नदिनु मेरो गल्ति हो ः पालिखे
उता पालिखेले भने महानगरको प्रहरी विहान नभई दुई तिन बजेको समयमा आएको बताए । उनले आफ्नो जग्गा जोगाउनका लागि ग्याविन भर्ने काम गरेको बताए । ‘मैले निवेदन संगै राखेको छु । बिचमा बढी सरकारी विदा भयो । अनुमति नलिनु मेरो गल्ति हो’ उनले भने,‘तर मैले मेरो जग्गा जोगाउनका लागि यो गरेको हुँ ।’

उनको यो कुराले पनि उनले गुपचुप तरिकाले नै काम अघि बढाएको स्पष्ट हुन्छ । उनले महानगरले थाहापाएपछि मात्रै आफुले गल्ति गरेको स्विकार गरेका छन् । यस अघि भने उनले धमाधम खाल्डो खनि ग्याविन भर्ने काम गरेका थिए । उनले एक हप्तादेखी काम सुरु गरेका हुन् । एक हप्तासम्म समेत उनले कुनै अनुमति नलिनुले अतिक्रमण गर्न लागेको स्पष्ट देखिएको छ ।

अतिक्रमण रोख्न अख्तियारमा उजुरी
२०७८ चैत १६ गते फर्के खोला अतिक्रमण गरेर संरचना निर्माण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको थियो । पोखराको बीच भागबाट बग्ने फिर्के खोला आसपासका जग्गाधनीले आफूखुसी संरचना निर्माण गरेको भन्दै उजुरी परेको थियो ।

पोखराको वडा नम्बर १८ अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ६ ८, ७, ६ हुँदै वडा नम्बर १७ मा पुगी फेवातालमा समाहित हुने फिर्के खोला चरम अतिक्रमणको चपेटामा छ । पोखराको बीच भागबाट बग्ने फिर्के र बुलौंदी खोला मानवीय अतिक्रमणको चपेटामा परेका छन् ।

करिब ८ किलोमिटर लामो फिर्के खोला ठाउँ अनुसार ४ देखि २४ मिटरसम्म फराकिलो छ । खोला आसपास र खोलामाथि समेत मानवीय अतिक्रमण देखिएको छ । फिर्के किनारदेखि दायाँबायाँ १० मिटरभित्र कुनै संरचना बनाउन पाइँदैन । मापदण्ड १० मिटर भए पनि अनुगमन नहुँदा अतिक्रमण रोकिएको छैन ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद