पोखरा । वालिङ नगरपालिका ६ आम्डालीस्थित सडकमा ग.१ त ६८८६ नम्बरो ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा ट्याक्टर चालक चापाकोट नगरपालिका २ धुर्कोट बस्ने ३२ वर्षीय नविन सुनार र सह-चालक वालिङ नगरपालिका ८ मिर्दि बस्ने १४ वर्षीय सोविन विक रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका चालकको प्राथामिक स्वास्थ्य केन्द्र वालिङ स्याङजातर्फ लैजाने क्रममा बाटोमै र सहचालको गण्डकी कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-