२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चालक निदाएपछि दिक्षान्त समारोह मनाउन आएका विद्यार्थी घाइते

गण्डकी प्रेस
फाल्गुन ८, २०७९ ०७:३२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
चालक निदाएपछि दिक्षान्त समारोह मनाउन आएका विद्यार्थी घाइते
33
SHARES
Share on FacebookShare on Twitter

पोखरा । सचिन केसी विहान चार बजे पोखरा आइपुगे । दिउँसो लेखनाथ जानुपर्ने भएकाले उनी लेकसाइडमा बसे । दिउँसो उनी लेखनाथमा रहेको पोखरा विश्वविद्यालय –पियु) तर्फ हानिए । सोमबार विविए तर्फको दिक्षान्त समारोहमा सहभागिता जनाउनका लागि उनी भैरहवादेखी पोखरा आएका थिए । आइतबार दिउँसो पियु पुगेर फर्कने क्रममा उनको दुर्घटना हुन पुग्यो । उनी चढोको बेगनास पोखरा यातायात प्रा.लि.को बस सडकदेखी करिब २५ मिटर खहरे खोलाको खोँचमा खस्यो । उनी सहित ४५ जना यात्रु घाइते भए ।

बसमा चालक र सहचालक सहित कुल ४७ जना सवार थिए । सचिनका अनुसार मादक पदार्थ सेवन गरेर बस चलाएका डाइभर चलाउँदा चलाउँदै निदाएपछि दुर्घटनामा परेको हो । सचिन गाउन लिनका लागि पियु पुगेका थिए । गाउन लिएर फर्कने क्रममा पोखरा महानगरपालिका शिशुवा २७ हंसपुर प्रहरी चौकी नजिकैको खोँचमा खसेको हो । ‘म डाइभरको साइडमा थिए । डाइभर पुरै झ्यापमा थियो । रक्सीको गन्ध आइरहेको थियो । सुरुमा बोलि लटपटिएको थियो । होचो होचो भएकाले बोलि त्यस्तै होला भन्ने लाग्यो । तर त्यसो रहेनछ । भोला (सुुर्तिजन्य पदार्थ) खायो त्यसपछि मलाई मापसे गरेको भन्ने थाहा भयो’ उनले भने,‘ एकछिनपछि गाडीमा यत्तिकै सुत्यो ।

सुतेपछि उ (संगिता क्षेत्री) चिच्यायो, उ चिच्याउँदै दाई के गरेको ? किन सुतेको दाई ? भन्यो । त्यति भन्न नपाउँदै गाडी पुरै कोल्टिइ सकेको थियो ।’ सचिनका अनुसार गाडी दुई तिनपटक गल्टिएको थियो । त्यसपछि सचिन र संगितालाई सोही डाइभरले च्यापेको थियो । त्यतिबेला समेत होसमा रहेका सचिन र संगीताले गाडी दुर्घटना भएको बताउँदा बोलेर पुन सुतेका थिए ।

‘गाडीले दुई तिन बल्ट्याङ खादैँ पल्टियो । उ पनि च्यापिएको थियो म पनि च्यापिएको थिए डाइभरले । दाई उठ्नु न उठ्नु भनेपछि त्यो डाइभर हँ भन्दै उठ्यो उठेपछि लास्टमा हेर्नु त दाई तपाईँले गाडी फाल्नुभयो भन्यो अनि फेरी सुत्यो ।’ उनले भने । यस्तै बुटवल देखी दिक्षान्तकै लागि आएकी एक विद्यार्थीले चालकको लापरवाहिका कारण दुर्घटना भएको बताइन् । ‘गउन लिन आएका थियौैँ । भोलि कम्पुटिसन भनेर । आउनेबेला हामी अलि टाढा झर्ने भएकाले अगाडीको सिटमा बस भन्नुभयो अनि हामी पनि अगाडीको सिटमा आएर बस्यौँ’ उनले भनिन् ।

सचिनले आफुलाई अरुको जति चोट नलागेपनि काँधको जोर्नीमा दुःखाइ धेरै भएको बताए । ‘मलाई त्यतिधेरै चोट त लागेको छैन तर यहाँ डिसलोकेड ( काधँको जोर्नी) भएजस्तो लागेको छ । मसल जाम भएजस्तो भएको छ उठ्न मिलेको छैन् । अरुलाईभन्दा कम चोट लागेको छ । अब भोलि जान सकिदैन अस्पतालले कहिलेसम्म राख्ने हो । अब घर जान्छु ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी शिव प्रसाद पाठकले चालकको पूर्ण लापरवाहिका कारण दुर्घटना भएको बताए । उनले प्रारम्भिक अनुसन्धानले मादक पदार्थ वा नसालु पदार्थ खाएको कारण दुर्घटना भएको देखिएको उनले सुनाए । ‘प्रारम्भिक अनुसन्धानले चालकको पुर्ण लापरवाहि देखिएको छ । उहाँको हामीले मेडिकल जाँच गर्छौ रिपोर्ट के आउँछ’ उनले भने,‘दुर्घटनामा ४५ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भिर देखिन्छ । प्रहरीचौकी नजिकै भएकाले उद्धार कार्यमा सहज भएको देखिन्छ ।’
उनले सर्वसाधारणलाई सवारी चढेपछि चालकको स्थितिमा समेत ख्याल गर्न अनुरोध गरेका छन् । यदि चालकमाथि त्यस्तो केहि संका लागेमा प्रहरी वा ट्राफिक प्रहरीलाई तत्काल खबर गर्न आग्रह समेत गरे । चालक बिजेश बास्तोला र सहचालक मनबहादुर कुमाल प्रहरी नियन्त्रणमा रहेका छन् ।
यी हुन घाइतेहरु
ग १ ख ६७४७ नम्बरको सार्वजानिक बस दुर्घटना हुँदा २८ महिला १५ पुरुष, २ बालक र १ बालिका घाइते भएका छन् ।

सामान्य घाइते हुनेमा रुपेन्देही सिदार्थ नगरपालिका बस्ने २३ की सोनाली बाँनिया, काठमाडौं नागार्जुन नगरपालिका १० की ६९ वर्षिया रामकला खड्का, सोही स्थानकी २१ की इन्द्र खड्का, २९ का सुशान्त खड्का, रुपन्देही तिलोत्तमा न.पा १३ का २४ वर्षिया ममता न्यौपाने, तिलोत्तमा ३ की २३ वर्षिया अविना पुन मगर, तिलोत्तमा ६ की २५ वर्षिया सविता गोतामे, चितवन भरतपुर २५ का २८ वर्षिया सुजता कौशल, पोखरा ३० का १२ वर्षिय सचिता गुरुङ, ६५ वर्षिय सुन्सरी गुरुङ, ४ वर्षिय ममता गुरुङ, स्याङ्जा गल्याङ नगरपालिका ४ का २५ वर्षिया विनिता राना, आधिँखोला ५ की २४ वर्षिया प्रभा पोखरेल, रुपन्देही देवदह ९ का २५ वर्षिय गौरव न्यौपाने, रुपन्देही सैनामैना २ का २४ वर्षिय इश्वर पाण्डे, तिलोत्तमा ७ का २४ वर्षिय सुनिल थारु र मनिषा पाण्डे, कास्की अन्नपुर्ण ६ का १५ वर्षिय साहिल गुरुङ, भरतपुर ६ की २५ वर्षिय सिता अधिकारी र २ वर्षिया रियाज अधिकारी, चितवन घरभई हाल पोखरा ५ बस्दै आएकी सिता बास्तोला, भरतपुर १४ की २४ वर्षिया पुष्पा अधिकारी, रुपन्देही देवदह १० की २४ वर्षिया प्रकृति रिजाल र २० वर्षिया गरिमा न्यौपाने, भरतपुर १० की २४ वर्षिया कल्पना खत्री र २९ वर्षका सुमन थापा, कास्की मादि ८ की २५ वर्षिया लिला अधिकारी, पोखरा ३ की २५ वर्षिया नम्रता अधिकारी, पोखरा ११ फुलबारीकी २४ वर्षिया निशा पुन, काठमाडौं गोकर्णेश्वर ७ का ५६ वर्षिय प्रमोद दाहाल र २४ वर्षिय आज्ञा दाहाल, ललितपुर २४ की २४ वर्षिया रोजिना कार्की, कलंकी १४ की २० वर्षिया इशा भुजेल, नवलपुर गैडाकोट २ का २४ वर्षिय विदुर न्यौपाने, रुपन्देही मायादेवी ८ की संगिता क्षेत्री र २३ वर्षिय सचिन केसी, पोखरा १३ का १५ वर्षिय सुदिप गिरी अधिकारी, नवलपरास ४ की २५ वर्षिया अनिषा चौधरी, पोखरा ६ लेकसाइडकी २४ वर्षिया अस्मिता अधिकारी, चितवन टाडी ८ की २७ वर्षिया शोभा सापकोटा, पोखरा १३ की ३८ वर्षिया सावित्री अधिकारी गिरी, ललितपुर १९ का नशल्प बज्रचार्य, चितवन ८ टाँडीका ३४ वर्षिय सागर पौडेल, पोखरा १० की ४० वर्षिया जौमाया गुरुङ, पोखरा ३१ का चालक बिजेश बास्तोला सहचालक मनबहादुर कुमाल रहेका छन् ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL